बुधबार, फाल्गुन १४, २०७६
निकुञ्ज ऐन परिमार्जन हुँदै छः अध्यक्ष दाहाल - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

निकुञ्ज ऐन परिमार्जन हुँदै छः अध्यक्ष दाहाल



नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०२९ मा बनेको निकुञ्ज ऐन परिमार्जन हुने क्रममा रहेको बताउनुभएको छ ।

माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं १ माडी र आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति माडीको सहआयोजनामा आजदेखि माडीमा शुरु भएको प्रथम खिचरा महोत्सवको उद्घाटन गर्दै उहाँले चितवन राष्ट्रिय निकुञ्ज र जनताबीच द्वन्द्व बढेको तर मौजूदा ऐनले वन्यजन्तुको सुरक्षामा ध्यान दिए पनि मानिसको सुरक्षामा ध्यान नदिएका कारण ऐन संशोधन गर्नुपरेको स्पष्ट गर्नुभयो ।

सो अवसरमा नेता दाहालले आइडिया फर नेपालअन्तर्गत एनआर एन एण्ड पार्टनर्स कम्पनीद्वारा ५० बिघा जमीनमा सञ्चालन गर्न लागिएको फलफूलखेती र रिसोर्टको पनि शिलान्यास गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री दाहालको माडीलाई ‘मणि’ बनाउन आफ्नै पहलमा विभिन्न परियोजना अघि बढिरहेको बताउँदै माडीकै सम्मानका लागि राष्ट्रियसभामा यहाँको प्रतिनिधित्व गराउन आफ्नै पहलमा गङ्गा बेलवासेलाई उम्मेदवार बनाइएको जानकारी दिनुभयो । माघ ६ गतेसम्म चल्ने महोत्सवमा एक सय कक्ष छन् ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology