बाहुनले चप्पल नलगाएको भन्दै नुवाकोटको ग्रामिणदेवीका विद्यार्थीले प्रदर्शन गरेपछि

भरतसन्तोषी, नुवाकोट । नुवाकोट जिल्लाको सुदुरपुर्वी शिवपुरी गाउँ पालिका वडा नम्बर ७मा रहेको ग्रामीणदेवी माध्यमिक विद्यालयका विद्यार्थी ले एक नाटकमा सजिव अभिनय प्रस्तुत गरेका छन।

“स्वास्थ्य नै धन हो”शिर्षक नाटकमा गाउँघर मै घट्ने यथार्थ घटनालाई विद्यार्थीहरुले अत्यन्त सजिव तथा मार्मिक ढंगले अभिनय प्रस्तुत गरेका हुन।

कथावस्तु मा पुष्पकमल भेटुवालको अभिनय बाहुनले चप्पल नलगाएको घतलाग्दो दृश्यलाई दर्शकले दोहोर्याएर हेर्ने गरेको शिक्षक दिपक सिंह क्षेत्रीले बताए ।

सुशील सिटौलाको लेखन तथा डेनिस पाण्डेको निर्देशनमा रहेको उक्त नाटकमा विद्यार्थी हरु पुष्पकमल भेटुवाल,फुलमान तामाङ ,सुस्मिता तामाङ,पुष्पा भेटुवाल,राजाराम पाठक,सबिन तामाङ, आशिष तामाङको प्रमुख भुमिका रहेको छ।

यस नाटकलाई हावानेसन युटयुब च्यानल मार्फत बजारमा उपलब्ध छ।