मलेसिया ओर्लनेबित्तिकै भट्टराईले गरे यस्तो ट्विट

नुवाकोट एक्स्प्रेस, २६ फागुन : क्षेत्रीय सम्मेलनमा भाग लिन इन्डोनेशिया पुग्नुभएका नयाँशक्ती पार्टिका संयोजक एवम पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सो कार्यक्रम सकेर मलेसिया प्रस्थान गर्नुभएको छ ।

‘एशियामा मानवीय पहुँच र वार्ता’ (ह्युमेनिटेरियन एक्सेस एण्ड नेगोसियसन इन एशिया) विषयमा इन्डोनेशियाको जकार्तामा भएको क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्नका लागि भट्टराई फागुन २१ गते त्यहाँ जानुभएको थियो ।

भट्टराइ केहिबेर अघी मलेसिया पुग्नुभएको छ । उहाँले मलेसियामा विकाससम्बन्धी केही अध्ययन भ्रमण गर्ने र त्यहाँका नेपालीहरुसँग अन्तरक्रिया पनि गर्नुहुने नेता बिश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

भट्टराई फागुन २७ गते साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

मलेसियाबाट भट्टराईको यस्तो ट्विट:

आर्थीक समृद्धिलाई केन्द्रबिन्दुमा राखेर नयाँशक्ती गठन गरेका भट्टराई बिकासको मामिलामा निकै चनाखो देखिन्छन । तत्कालिन समयमा अर्थमन्त्री रहनुभएका भट्टराईको सर्पघिस्राइ होईन भ्याकुते उफ्राई बिकास हुनुपर्ने भनाई निकै चर्चित बनेको थियो ।

मलेसिया ओर्लने बित्तिकै त्यहाँको बिकासबाट प्रभावित भट्टराइले अर्को ट्विट गरेका छन । भट्टराइले लेखेका छन्:

“जाकार्ताबाट क्वालालम्पुर आइपुग्दा देखिने सबभन्दा ठूलो फरक आर्थिक विकासको चरण र विकासको मोडेल नै लाग्यो।इन्डोनेसिया नेपालभन्दा त विकासमा अगाडि देखिए पनि क्रमिक वा सर्पघ्रिसाइ विकासको गतिमा देखियो भने मलेसिया छलांगमय वा भ्यागुते उफ्राइ विकासको बाटोमा देखियो।हामीले कुन रोज्ने सोचौं!”