ओली नेतृत्वको सरकारमा नयाँ शक्तिको यस्तो भूमिका

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संसदबाट दुई तिहाई भन्दा बढीबाट विश्वासको मत पाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सोमबार ट्वीट गरेर संसदका धेरै सदस्यबाट विश्वासको मत पाएकोमा बधाई दिएका हुन् ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भ्रष्टाचार तथा क्रोनी क्यापिटालिज्मको अन्त्य गरेर समावेशी समृद्धिका लागि काम गर्न आग्रह पनि गरेका छन् ।

नयाँ शक्तिले प्रतिपक्षीको बेन्चमा बसेर असर कामका लागि सरकारको समर्थन तथा खराब कामका लागि विरोध गर्ने पनि उनले बताएका छन् ।

आफूहरु लोकतन्त्रले तोकेको भूमिका निर्वाहका लागि तत्पर रहेको उनले उल्लेख गरेका छन् ।