भागवण्डा मिलाउन मन्त्रालय बढाउँदै ओली

सरकार बिस्तारमा ढिलाई र आकांक्षीहरु धेरै भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको संख्या बढाउने तयारी गर्नुभएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले जम्मा १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गर्नुभको थियो । ओली नेतृत्वको सरकारमा राष्ट्रिय जनता पार्टी र संघीय समाजबादी फोरम पनि सरकारमा सहभागि हुने भएपछि उहाँले मन्त्रालय बढाउने तयारी गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले १८ मन्त्रालयलाई बढाएर २१ पुर्याउने तयारी गर्नुभएको छ । मन्त्रालय बढाउने बारे औपचारिक निर्णय गरेर मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहनु भएको उहाँका सचिवालयले जनाएको छ ।

सकेसम्मा यसै हप्ताभित्र मन्त्रिमण्डललाई पूर्णता दिने गरि तयारी भइरहेको एमाले नेताहरुले जानकारी दिनुभएको छ ।

राजपा र फोरमलाई २–२ वटा मन्त्रालय दिने तयारी प्रधानमन्त्री ओलीको छ । हिमाल दैनिकबाट