राष्ट्रपति निर्वाचनबारे नयाँशक्ती पार्टिको आश्चर्यजनक निर्णय

काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल राष्ट्रपति तथा उप–राष्ट्रपतिको निर्वाचन प्रक्रियामा सामेल नहुने भएको छ । राष्ट्रपति निर्वाचनको पूर्वसन्धायमा आज पार्टीको आकस्मिक बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रपतिको निर्वाचन मंगलबार (भोलि) हुँदैछ । पार्टीले विगतका कतिपय अभ्यासहरु संवैधानिक राष्ट्रपतिको पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको बताउँदै संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निश्पक्ष, मर्यादापूर्ण र दलीय आग्रहभन्दा माथि हुनु पर्ने पनि बताएको छ ।

“संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निश्पक्ष, मर्यादापूर्ण र दलीय आग्रहभन्दा माथि हुनुपर्दछ ।

तर, विगतका कतिपय अभ्यासहरु संवैधानिक राष्ट्रपतिको पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको देखिन्छ । दलहरुले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रिय व्यक्तित्वलाई अघि सार्न सकेको देखिँदैन ।

यस प्रकारका अभ्यास भविष्यमा पुनरावृत्ति नहुने कुनै प्रत्याभूति छैन । त्यसैले यस्ता अभ्यासलाई समर्थन गरिरहनु वाञ्छनीय देखिँदैन, “पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।