नुवाकोटको शिवपुरीमा तिनदिने टेक्टर सञ्चालन गर्न तालिम ।

नुवाकोट एक्स्प्रेस, हरि भेटवाल : नुवाकोट जिल्लाको पुर्वि भेगमा रहेको शिवपुरी गाउँपालिकामा तिनदिने टेक्टर सञ्चालन गर्न तालिम सुरु भएको छ ।

युएनडिपि, सामुदायिक बिकास केन्द्र नेपाल, सिडिसि नेपाल र शिवपुरी गाउँपालिकाको सयुक्त साझेदारीमा सञ्चालित ” सामुदायिक पुर्वाधार तथा जिविकोपार्जन पुनंलाभ कार्यक्रम अन्तरगत शिवपुरी गाउँपालिका मा रहेको ३० अोटा कृषि समूह तथा कृषि सहकारी सस्थाहरुलाई मिनिटेक्टर चलाउने सम्बन्धि तिनदिने आधारभुत तालिम गाउँपालिका कार्यलय शेराबगरमा सुरु भएको हो।

सो तालिमले कृषि समूह र सहकारी का सदस्यहरुलाई टेक्टर सम्बन्धि प्राविधिक तथा ब्यबहारिक ज्ञान दिई कृषकहरुलाई आफै मर्मत गर्न क्षमता अभिवृद्धि होस भन्ने उदेश्यले तालिम प्रदान गरिएको सिडिसि नेपाल नुवाकोट CILRP कार्यक्रम सयोजक किरिम चौधरीले बताउनु भयो ।