रामचन्द्र पौडेलले आक्रोशित हुँदै भने ‘शेर बहादुर देउवाले कुर्सि छोड्नुपर्छ'(भिडियो सहित)

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांडग्रेसलाई परिवर्तन गरेर जानुपर्छ भन्दै विशेष महाधिवेशन वा अर्ली महाधिवेशन मार्फत शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्नेमा जोड दिएका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै युवा पुस्ताका नेताहरु कराउँने धेरै तर काम थोरै गर्ने गरेको आरोप पौडेलले लगाए ।

व्यवहारिक रुपमा पार्टीलाई सुधारको बाटोमा लैजान युवा पुस्ताले नसक्ने उनको जिकिर थियो ।

कार्यसम्पादन समिति र संसदीय बोर्ड विघटन गर्न माग गर्दै यदी नगरिए बैठकमा सहभागि नहुने चेतावनी पौडेलले दिए ।

कांग्रेसभित्र गुटले जरा गाडेको भन्दै पौडेलले गुटको अन्त्य गर्न नसकिनेसमेत बताए ।