निजामतीको अधिकृत पदमा २४ हजार आवेदन

काठमाडौं– लोकसेवा आयोगले खुलाएको शाखा अधिकृतको बिज्ञापनमा २४ हजार भन्दा धेरैले आवेदन दिएका छन्। आयोगका दुई महिनाअघि निजामतीका विभिन्न सेवामा ३ सय ९० पदमा आवेदन मागेको थियो। आवेदनको म्याद समाप्त भइसकेको छ।

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाका अनुसार अधिकृत पदमा २४ हजार २ सय १२ जनाको आवेदन परेको छ। जसमध्ये १६ हजार ६८ जना पुरुष छन् भने ८ हजार १ सय ४४ जना महिला छन्। अधिकृत पदमा दस्तुरबाट आयोगले करिब साढे २ करोड संकलन गरेको छ।

आवेदनका लागि एक हजार शुल्क तोकिएको थियो।जसअनुसार २ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ। अधिकृतको प्रारम्भिक परिक्षा आगामी शनिबार हुन गइरहेको छ।

प्रारम्भिक परिक्षामा उत्तिर्ण हुनेहरुका लागि चैतमा अर्काे परिक्षा लिइने आयोगले जनाएको छ। आयोगले खुलातर्फ २०६ जना अधिकृत माग गरेको छ।

यस्तै, महिला ५९, आदिवासीरजनजाति ५२, मधेसी ३९, दलित १८ र अपांग ९ जनालाई आरक्षित कोटामा राखिएको छ। आयोगले पिछडिएको क्षेत्रबाट ७ जना माग गरेको छ।