केपि वलि प्रधानमन्त्रि भएकोमा कुवेतका प्रवासि नेपाली खुसी (भिडियो सहित)

नुवाकोट एक्स्प्रेस संवाददाता,  ४ फागुन : नेपालमा फागुन ३ गते केपी ओलि प्रधानमन्त्रि भए लगतै देश तथा बिदेशमा रहेका नेपालीहरुले खुसियाली तथा दिप प्रज्वलन गरेर शुभकामना तथा बधाई दिने क्रम सामाजिक सञ्जाल तथा विभिन्न माध्यम बाट उल्लेखनीय रुपमा बढेको छ ।

यसै क्रममा नेकपा एमालेको प्रवास संगठन प्रवासि नेपाली मञ्च कुवेतको आयोजना मा बैदेसिक रोजगारी तथा पेशा ब्यबसाय को क्रममा कुबेतमा रहेका ब्यबसायिक नेपालीहरुले कुवेत को हवलि स्थित प्रवासि नेपाली मञ्च का अध्यक्ष राजु थापा को निवासमा जम्मा भई दिपावलि गरि खुसियाली मनाएका छन्।

अब नेपालमा समृद्धि र बिकास स्थायी रुपमा हुने प्रवासमा रहेको नेपालीहरुमा ठुलो आसा रहेको र सो आसा केपि वलि नेतृत्व ले पूरा गर्ने प्रवासि नेपाली मञ्च कुवेत का अध्यक्ष राजु थापाले जानकारी दिनु भयो । हरि भेटवाल

भिडियो लिङ्क: