अर्थ

स्थानीय तहको सीमाः १० प्रतिशतसम्म ऋण उठाउन पाउने

असार ६, २०७५ - बुधबार

काठमाडौं – आगामी बर्षको बजेट निर्माणको गृहकार्यमा रहेका स्थानीय तहलाई आन्तरिक ऋणको सीमा निर्धारण गरिएको छ । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले सबै निकायहरुबाट प्राप्त हुने राजश्व रकमको १० प्रतिशतभित्रै रहेर आन्तरिक ऋण उठाउन पाइने निर्णय गरेको छ । आयोगको सचिवस्तरीय निर्णयले संघीय तथा प्रदेशले राजश्व बाँडफाँटबाट दिने रकम र स्थानीय तहको आन्तरिक राजश्वको…

सुनको भाउ घट्यो

असार ४, २०७५ - सोमवार

काठमाडौं–सोमबार सुनको मूल्य प्रतितोला ५८ हजार ३०० रुपैयाँ कायम भएको छ ।  आइतबारको तुलनामा सुन तोलामा २०० रुपैयाँले घटेको हो । तेजावी सुन प्रतितोला ५८ हजार   रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चँँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी प्रतितोला ७७५  रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ७८० रुपैयाँ थियो । 

चौतर्फी बिरोधपछी सरकारले इन्धनको मुल्य घटायो, कुन कति सस्तियो ?

असार ३, २०७५ - आइतवार

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलियन पदार्थको मुल्यबृद्धी भएपछी चौतर्फी बिरोध भएपछी आइतबार राती १२ बजेदेखि मूल्य घटाएको हो । निगमले भने अन्तराष्ट्रीय बजारमा नै मुल्य घटेकाले घटेको जनाएको छ । ‘भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा घटेको निगमको भनाई छ । । सोहीअनुसार…

ओली प्रधानमन्त्री बनेपछि ओइरियो चिनियाँ लगानी

असार ३, २०७५ - आइतवार

काठमाडौं / पछिल्लो समय नेपालको उद्योग, जलविद्युत्, होटेलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको छ । उद्योग विभागका अनुसार हालसम्म नेपालमा २ खर्ब ६२ अर्ब ८१ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । यसमध्ये करिब ४० प्रतिशत लगानी हिस्सा चीनको छ । हालसम्म चीन (हङकङ र ताइवानसमेत)ले नेपालमा १ खर्ब…

प्रदेश ३ मा ३५ अर्ब ६१ करोडको बजेट सार्वजनिक

असार २, २०७५ - शनिबार

हेटौंडा। प्रदेश नं. ३ को बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक ०७५-०७६ को लागि रु ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आव ०७५-०७६ का लागि पूँजीगत खर्चतर्फ रु २१ अर्ब ७५ करोड २० लाख तथा चालूतर्फ रु १३ अर्ब ४६ करोड…

कृषि आयमा कर लगाउने प्रस्तावको तामाङद्वारा विरोध

जेष्ठ ३१, २०७५ - बिहिबार

हेटौंडा — कृषि आयमा कर लगाउने व्यवस्थासहितको ‘कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को प्रदेशसभा बैठकमा विरोध भएको छ । बुधबार प्रदेशसभा बैठकमा प्रस्तुत विधेयकको सैद्धान्तिक छलफलमा सहभागी सदस्यले कृषि आयमा कर लगाउन ‘न्यायोचित नहुने’ धारणा राखे । कांग्रेस सांसद प्रभात तामाङले उक्त व्यवस्थाले मूल्य आकासिने र गरिब किसानका लागि न्यायोचित…

प्रदेश नम्बर तीनको प्रतिव्यक्ति आय १५ सय ३४ डलर, कुन प्रदेशका मानिसले कति कमाउँछन् ?

जेष्ठ ३०, २०७५ - बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय स्थिति’का आधारमा प्रदेशगत प्रोफाइल तयार पारेको छ । प्रतिवेदनअनुसार अनुसार कुल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा प्रदेशगत योगदानको अन्तर ठूलो देखिएको छ । आर्थिक हिसाबमा सबैभन्दा बलियो र कमजोर प्रदेशबीचको जीडीपी अन्तर गुणासम्म देखिएको छ । जीडीपीमा प्रदेशगत अंश ३१.९ प्रतिशतदेखि ४.१ प्रतिशतको बीचमा छ । प्रदेश ३…

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक

जेष्ठ २९, २०७५ - मङ्लबार

नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका छन्। संघको गत आइतबारको बैठकले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव केही खुकुलो हुँदै गएको भन्दै गत पुसमा गरेको सहमति फिर्ता लिएको थियो । संघले प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर…

दशाैँ वर्षमा हाम्रो विकास बैंक, थप चार जिल्लामा सेवा विस्तार गर्दै

जेष्ठ २४, २०७५ - बिहिबार

नुवाकोट । यहाँको बट्टारमा केन्द्रीय कार्यालय र जिल्लाको ग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्दै आएको हाम्रो विकास बैंक बुधबारदेखि दश वर्षमा प्रवेश गरेको छ । विसं २०६६ सालमा रु दुई करोडबाट सञ्चालनमा आएको बैंक दश वर्षमा रु एक अर्ब ५० करोड निक्षेप संकलन गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेलले जानकारी दिए । उनका…

एक वर्षभित्र निजी आवास पुनर्निर्माण सक्ने लक्ष्य

जेष्ठ २३, २०७५ - बुधबार

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपछिको पुनर्निर्माणमा घरधनी, जनप्रतिनिधि र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सक्रिय हुन निर्देशन दिनुभएको छ । निजी आवाज पुनर्निर्माण सम्बन्धि समस्या पहिचान र समाधानबारे काठमाडौं जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले पुनर्निर्माणमा दाताबाट लिएको ऋण र आन्तरिक स्रोतबाट खर्च गरिएको हुनाले यो खर्चको एकएक हिसाब राख्नुपर्ने बताउनुभयो । अर्थमन्त्री खतिवडाले जमिनको उचित…

हाम्रो विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स

जेष्ठ २३, २०७५ - बुधबार

काठमाडौं– हाम्रो विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतामा हाम्रो विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेको बैंकले जनाएको छ । अब ग्राहकले बैंकका सबै शाखाबाट सूर्या लाइफ इन्स्योरेन्सका जीवन बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भूक्तानी…

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा यस्तो सम्झौता गर्ने तयारी !

जेष्ठ २२, २०७५ - मङ्लबार

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्गको एजेण्डाले प्राथमिकता पाउने भएको छ । ओली असार ५ मा चीनको राजकीय भ्रमणमा जाँदैछन् र, भ्रमणको तयारी अन्तिम चरणमा छ । १४ चैत २०७२ मा ओलीले चीनसँग व्यापार तथा पारवहन सम्झौतालगायत १० बुँदे सहमति गरेका थिए । तर, सम्झौता कार्यान्वयनले अपेक्षाकृत…

हाम्रो बिकास बैङकको स्थापना दिवसमा शुभकामना आदान प्रदान

जेष्ठ २२, २०७५ - मङ्लबार

विदुर / नुवाकोटलाई कार्य क्षेत्र बनाएर ९ बर्ष अगाडी स्थापना भएको हाम्रो बिकास बैङकले आफ्नो स्थापनाको अबसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नुवाकोट जिल्लालाई मात्रै कार्य क्षेत्र बनाएर सञ्चालनमा रहेको बैङको ६ वटा शाखा सञ्चालनमा रहेको छ । यस्तै, सामरीमा एक्सटेन्सन काउन्टर समेत सञ्चालनमा रहेको छ । बैङकको बार्षिक उत्सबको अहबसरमा आयोजित…

सुनको भाउ ह्वात्तै घट्यो

जेष्ठ २०, २०७५ - आइतवार

काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । अहिले सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारमा ५८ हजार ४ सय रुपैयाँ थियो । तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ छ । आज चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा ५…

प्रदेश ३ सरकारद्वारा राजस्व बाँडफाँट प्रस्ताव

जेष्ठ २०, २०७५ - आइतवार

हेटौंडा — प्रदेश सरकाले कर तथा गैरकर राजस्व बाँडफाँटका लागि नयाँ व्यवस्था प्रस्ताव गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६४ को उपदफा ३ बमोजिम गठन भएको कोषको राजस्व बाँडफाँट गर्न प्रदेश वित्तीय हस्तान्तरण विधेयकको अनुसूचीमा व्यवस्था गरिएको हो । विधेयकमा सवारीसाधन करको ८० प्रतिशत प्रदेश र २० प्रतिशत स्थानीय तहलाई उपलब्ध गराइने प्रस्ताव…