रोजगारी

इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण, मन्त्री बिष्टले गरे हस्ताक्षर

अशोज ५, २०७५ - शुक्रबार

काठमाडौँ, ५ असोज । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले उनको दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाएको सम्झौता नवीकरण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि सम्झौताको नवीकरण भएको हो । दुई वर्षअघि नेपाल–कोरियाबीच भएको उक्त समझदारीको अवधि यही असोज…

लोकसेवा बन्द गर्ने निर्णयमा पछि हट्यो सरकार

अशोज ३, २०७५ - बुधबार

काठमाडौ। निजामती सेवामा भर्ना प्रक्रिया रोक्ने तयारी गरेको सरकार अन्ततः पछि हटेको छ। सरकारले निजामती कर्मचारी भर्ना प्रक्रिया रोक्ने तयारी गरेपछि लोकसेवा आयोगले त्यसको प्रतिवाद गर्दै आएको थियो। आयोगको प्रतिवाद तथा तयारीमा रहेका युवाको दबाबका कारण लोकसेवाको भर्ना प्रक्रिया पुनः सुरु हुने भएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । समाचारका अनुसार संघीय मामिला तथा सामान्य…

यसरी बन्यो कर्मचारी बढुवाको आधार

भदौ २०, २०७५ - बुधबार

काठमाडौं, २० भदौ । कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारीमा सरकार लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा ९० प्रतिशत बढुवा ज्येष्ठताका आधारमा र १० प्रतिशत मात्रै आन्तरिक प्रतिस्पर्धामा गर्ने व्यवस्था राखिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । सरकारको यस्तो निर्णय निजामती…

कर्मचारीको उमेरहद ५८ वर्ष कि ६०, मन्त्रालयले गर्‍यो यस्तो प्रस्ताव !

भदौ १७, २०७५ - आइतवार

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अवकाशको उमेर सीमा ५८ वर्ष कायम राख्दै संघीय निजामती सेवा ऐन २०७५को मस्यौदा मन्त्रिपरिषद्मा लगेको छ। विभागीयमन्त्री लालबाबु पण्डितले संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा मन्त्रिपरिषद्मा लगेको बताए। मस्यौदामा कर्मचारीको अवकाशको उमेर सीमा ५८ वर्ष कायमै राखिएको पनि उनले जनाए । उनले भने, ‘मस्यौदमा राखिएका…

कोरीया जाने सीबीटी परीक्षा आजबाट, यस्तो छ नियम

भदौ ८, २०७५ - शुक्रबार

काठमाडौं । ईपीएस कोरिया शाखाले दोस्रो चरणमा लिने कम्प्युरमा आधारित भाषा परीक्षा (सीबीटी) शुक्रबारबाट शुरु हुँदैछ । ईपीएस कोरिया शाखाले सीबीटी परीक्षाका लागि ३ हजार ३ सय ४ जना परीक्षार्थीको नामावली सार्वजनिक गरेको छ । दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर प्रदान लिइने दोस्रो चरणको (सीबीटी) परीक्षा एक महिनासम्म सञ्चालन हुनेछ ।…

लोकसेवा भिड्ने तयारीमा रहेकालाई दुखको खवर !

साउन ३०, २०७५ - बुधबार

काठमाडौं – स्थानीय तह र प्रदेशमा कर्मचारी पूर्ति गर्न नसकिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लोकसेवा आयोगबाट हुने सबैखाले पदपूर्ति रोक्ने तयारीमा लागेको छ । तीन वर्षसम्म लोकसेवाबाट खुला र आन्तरिक पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा मन्त्रालय लागेको छ । मन्त्रालयको तयारीमा कर्मचारी भने सशंकित भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको…

जागिरे महिलालाई आयो निकै नै खुशीको खवर !

साउन २८, २०७५ - सोमवार

९८ दिन विदासहित सुत्केरीलाई चार महिनाको तलब ! काठमाडौं । सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले चार महिना आठ दिनको तलब पाउने भएका छन् । ९८ दिन सुत्केरी विदासहित थप एक महिनाको तलब पाउने व्यवस्थासहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । सरकारी, गैरसकारी वा…

सैनिक कल्याणकारी कोषले माग्यो ५३ जना कर्मचारी (बिज्ञापन सहित)

असार २०, २०७५ - बुधबार

काठमाडौं, २० असार– सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित विभिन्न निकायमा विभिन्न पदमा जागिर खुलेको छ । इच्छुक नेपाली नागरिकले १५ दिन भित्र दर्खास्त दिन सक्नु हुनेछ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित : हेर्नुहोस् नतिजा

असार १५, २०७५ - शुक्रबार

१५ असार, काठमाडौं । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो…

कोरिया जाने नेपालीका लागि आयो नयाँ नियम

असार १०, २०७५ - आइतवार

काठमाण्डु, १० असार – दक्षिण कोरियाले परीक्षा पछि नेपाली कामदारका लागि सिपमा आधारित परीक्षा प्रणाली लागू गर्ने भएको छ । कोरियाले सन् २०२० देखि नेपालबाट कामदार लैजाँदा सिप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको हो । कोरियाको मानव संशाधन विभागले यसअघि नै कामदार छनोट प्रणालीमा अंक पद्धति लगाउने घोषणा गरिसकेको थियो । यसअनुसार रोजगार…

शिक्षक सेवा आयोगको प्रावी तहमा १० हजार दरवन्दीमा खुला विज्ञापन, हेर्नुहोस ७७ जिल्लाकै विज्ञापन

असार १, २०७५ - शुक्रबार

भक्तपुर । शिक्षक सेवा आयोगल खुला विज्ञापन गर्न शुरु गरेको छ । आयोगले पहिलो चरण अन्तर्गत प्राथमिक तहका ९ हजार ९ सय ९६ पदमा विज्ञापन गरेको छ । प्राथमिक तहमा ६ बर्ष पछि बल्ल विज्ञापन भएको हो । यस अघि प्राविको विज्ञापन २०६९ सालमा भएको थियो भने मावि र निमाविको २०७२ सालमा भएको थियो ।…

शिक्षक पदपूर्ति: साढे १२ हजार पदका लागि विज्ञापन

जेष्ठ २२, २०७५ - मङ्लबार

काठमाडौँ — शिक्षकको आन्तरिक र खुला प्रतिस्पर्धा एकैचोटि गर्ने गरी शिक्षक सेवा आयोगले तयारी अघि बढाएको छ । आयोगका अनुसार खुला प्रतिस्पर्धाबाट स्थायी शिक्षक नियुक्त गर्न करिब साढे १२ हजार पदमा विज्ञापन खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ । आयोगका अध्यक्ष ताना गौतमले प्राथमिक तहमा मात्रै १० हजार पदमा विज्ञापन गर्ने गृहकार्य भइरहेको जनाए । निम्न माध्यमिक र…

लिखित परिक्षाको नतिजा प्रकाशित

जेष्ठ २१, २०७५ - सोमवार

काठमाडौं, २१ जेठ– कृषि विकास बैंकको रिक्त  दरबन्दीमा भएको विज्ञापनमा लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सहभागिहरुको नतिजा सार्वजनिक भएका छन् ।  लिखितमा उत्तीर्ण उम्मेदवारलाई अन्तरवार्ताका लागि समेत बोलाइएको छ । सूचना हेर्नुहोस्ः

नेपाल प्रहरीले माग्यो आठ हजार दरबन्दी

जेष्ठ २०, २०७५ - आइतवार

काठमाडौं । देशमा संघिय संरचना लागू भएसँगै नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारीको दरबन्दी माग गरेको छ । अब प्रत्येक स्थानिय तहमा प्रहरीको एक युनिट आवाश्यक पर्ने भन्दै प्रहरीले सो माग गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट पुर्याउन पाँच सयभन्दा धेरै युनिट थप गरिनुपर्छ । प्रहरीको मुलुकभर अहिले…

खरिदार पद हट्ने, समावेशी कोटा पनि खुम्च्याइँदै

जेष्ठ २०, २०७५ - आइतवार

२० जेठ, काठमाडौं । निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ । यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि…