अन्तराष्ट्रिय

इमरान खानको एक ‘ट्वीट’ले भारतमा हंगामा मच्चायो

अशोज ७, २०७५ - आइतवार

एजेन्सी – भारतीय पक्षले छिमेकीहरुलाई हेप्दै आएको सन्दर्भमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस्तो ट्विट सार्वजनिक गरेका छन् जुन ‘ट्वीट’ले भारतमा हंगामा मच्चाएको छ । पकिस्तानले प्रस्ताव गरेको भारत–पाक विदेश मन्त्रीहरुको बैठक रद्द गर्ने भारतको निर्णयको कडा आलोचना गर्दै खानले ट्विट गरेका हुन् । Disappointed at the arrogant & negative response by India to my call…

त्रासमा अमेरिका : ‘समय नजिकिँदै छ, सयौंको ज्यान लिनसक्ने समुन्द्री आँधी केही घण्टाभित्रै’

भदौ २९, २०७५ - शुक्रबार

काठमाडौं। अमेरिका यतिबेला त्रासमा छ। समुन्द्री आँधी फ्लोरेन्सले धेरैको ज्यान जान सक्ने भएपछि अमेरिका त्रासमा रहेको हो। अमेरिकी अधिकारीहरुले अमेरिकाको पूर्वी तटको नजिक हुँदै आइरहेको आँधीका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्। फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीका वरिष्ठ अधिकारी ब्रोक लोंगले समुन्द्री आँधीका कारण नजिकका तटिय इलाकामा बाढी आउन सक्ने बताएका छन्।…

मोदीले किन गरे काङ्ग्रेसको कडा आलोचना ?

भदौ २८, २०७५ - बिहिबार

नयाँ दिल्ली, २८ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसको कडा आलोचना गरेका छन् । काङ्ग्रेसप्रति बिहीबार निकै आक्रामक देखिएका मोदीले काङ्ग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो भूमिका खेल्न नसकेको आरोप लगाए । आफ्नो दल भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई सम्वोधन गर्दै उनले गत चार बर्षमा काङ्ग्रेसले राम्रो प्रतिपक्षीको भूमिका खेल्न असफल भएको…

अमेरिकामा बन्धुकधारीद्वारा गोली हानी श्रीमतीसहित पाँचजनाको हत्या

भदौ २८, २०७५ - बिहिबार

लस एन्जलस– अमेरिकाको क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी गोली चलाएर बुधबार पाँच जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले आफ्नै श्रीमतीको पनि हत्या गरी आत्महत्या गरेका छन् । क्यालिफोर्नियाको बेकर्सफिल्डमा भएको गोलीकाण्डलाई प्रहरीले घरेलु हिंसाको रुपमा व्याख्या गरेको छ । कर्न काउन्टीका प्रहरी अधिकृत मार्क किङले अपराह्न ५.१५ बजे गोली चलेको खबर पाउनासाथ…

अमेरिकामा आँधीबेहरी तीन राज्यमा सङ्कटकाल घोषणा

भदौ २८, २०७५ - बिहिबार

बोस्टन । अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा फ्लोरेन्स नामक विशाल आँधीबेहरी आउने अनुमान गरिएको छ । करिब दुई दशकपछि यस क्षेत्रमा आउँदै गरेको यो शक्तिशाली आँधीबेहरी हो । यो आँधीलाई क्याटागोरी –४ र सोभन्दा पनि माथि पुग्नसक्ने सम्भावना आंैल्याइएको छ । १५७ माइल अर्थात् २१५ किमी प्रतिघन्टाको गतिले आउने यो तुफानले…

भोकमरीले १० लाखभन्दा धेरै मानिस मरेका फिनल्याण्ड संसारकै खुशी र समृद्ध देश कसरी बन्यो ?

भदौ २२, २०७५ - शुक्रबार

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार फिनल्याण्ड विश्वको सबैभन्दा खूशी राष्ट्र हो। संसारकै सबैभन्दा सुरक्षित,सुशासन स्थिर र कम भ्रष्टचार हुने मुलुकमा फिनल्याण्ड पर्छ। ५५ लाख जनसंख्या भएको फिनल्याण्ड अति चिसो देश हो। फिनल्याण्डका मानिसहरु सहकारी र सहअस्तित्वमा धेरै विश्वास राख्छन्।सामाजिक विभेद अति कम छ र धनी र गरिव बिचको खाडल पनि अरु देशको जस्तो धेरै छैन।आर्थिक रुपले…

ब्राजिलको राष्ट्रपति चुनावका उम्मेदवारलाई प्रचारको क्रममा छुरा प्रहार (भिडियो)

भदौ २२, २०७५ - शुक्रबार

एजेन्सी– ब्राजिलमा सोसल लिबरल पार्टीका राष्ट्रपति पदका उम्मेदवार जैर बोल्सोनारोमाथि निर्वाचन र्यालीमा छुरा प्रहार भएको छ । ब्राजिलको दक्षिण पूर्वी सहर मिना गेराइसमा निर्वाचनका लागि प्रचारमा जाँदा उनीमाथि छुरा प्रहार भएको हो । छुरा प्रहार भएलगत्तै अस्पताल पुर्याइएका जैरको आन्द्रासम्म काटिएको अस्पतालले जनाएको छ । उनको उपचार भइरहेको र स्वास्थ्यमा क्रमिक सुधार देखिएको अस्पतालले जनाएको…

भारतमा अब केटा-केटा र केटी-केटी बिच यौनसम्बन्ध राख्न पाईने

भदौ २२, २०७५ - शुक्रबार

काठमाडौं : भारतीय सर्वोच्च अदालले समलिंगी यौनसम्बन्धलाई वैधानिक ठहर गरेको छ । सर्वोच्चले दुई वयस्क व्यक्तिको सहमतिमा हुने यौनसम्बन्धलाई वैधानिक ठहर गरेको हो । अदालतले भारतमा रहेको समलिंगी यौनसम्बन्धलाई अप्राकृतिक कसुर मान्ने कानुनी प्रावधानको अन्त्य गर्दै वैधानिक ठहर गेको हो । भारतीय सर्वोच्च अदालतका पाँच न्यायाधीश रहेको संयुक्त इजलासले यस्तो निर्णय गरेपछि सबै समलिंगीले यसको…

दक्षिण कोरियाका राष्ट्रपति मुन र उत्तरकोरियाली नेता किमबीच हुने शिखर बैठकको मिति तोकियो

भदौ २१, २०७५ - बिहिबार

सिओल: दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाली नेता कीम जोङ उनबीच असोज २ (सेप्टेम्बर १८ ) मा शिखर बैठक हुने भएको छ। सो शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा गर्ने तय भएको उत्तर कोरिया भ्रमणमा पुगेका मुनका विशेषदूत चुङ उई योङले बताए। यसअघि दुर्इ नेताहरुबीच दुवै राष्ट्रको सीमावर्ती गाउँ पानमुनजोममा भेटवार्ता भएको…

पाकिस्तानको १३ औं राष्ट्रपतिमा नयाँपार्टीका आरिफ अल्भी निर्वाचित

भदौ २०, २०७५ - बुधबार

एजेन्सी– पाकिस्तानमा १३ औं राष्ट्रपतिमा प्रधानमन्त्री इमरान खान नेतृत्वको तेहरिक–ए– इस्लाम पार्टीका नेता आरिफ अल्भी निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमार्फत अल्भी नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको ४ सय ३० मतमध्ये आरिफ अल्भीले २ सय १२ मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएका हुन् । उनका प्रतिष्पर्धी पाकिस्तान मुस्लिम लीग–नवाजको समर्थनमा जामियत…

दक्षिण कोरियाको निर्यात नयाँ उचाइमा, ६ खर्ब डलर नाघ्ने अनुमान

भदौ १९, २०७५ - मङ्लबार

सोल : दक्षिण कोरियाको निर्यात सन् २०१८ को जनवरीदेखि अगष्टसम्मको अवधिमा अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको विवरण सार्वजनिक भएको छ । स्थानीय चिप्स तथा तेलहन उत्पादनहरुको माग अत्यधिक रहेको देखिएसँगै दक्षिण कोरियाको निर्यात व्यापारमा उल्लेख्य सुधार आएको पाइएको छ । दक्षिण कोरियाको निर्यातमा सो अवधिमा चारपटक ५० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको देखिएको छ । शनिबार सार्वजनिक भएको…

पाकिस्तानलाई दिन ठिक्क पारेको ३० करोड डलर अमेरिकाले किन रोक्यो ?

भदौ १७, २०७५ - आइतवार

वासिङ्टन / संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले “निर्णायक भूमिका निर्वाह नगरेको” आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब रु. ३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ । अमेरिकाले पाकिस्तानभित्र रहेका लडाकूहरुका सुरक्षित आश्रयस्थलहरु ध्वस्त पार्नेतर्फ दबाब दिइआएको छ, र वर्षको सुरुमै घोषणा गरेको सहायता रोक्काको रकम बृद्धि…

तीन महिना काम गर्न दिनुस, आलोचना त्यसपछि गर्नुसः इमरान खान

भदौ १७, २०७५ - आइतवार

इस्लामावाद, पाकिस्तान । सञ्चारमाध्यम तथा प्रतिस्पर्धी समूहलाई तत्काल आलोचना गर्नुभन्दा सरकारलाई काम गर्न कम्तीमा पनि तीन महिनाको समय दिन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आग्रह गरको छन्। प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै खानले भने, “आफुले सत्ता सम्हालेको पहिलो बर्ष पाकिस्तानले कठिनाईको सामनाबाट नै गुज्रनु पर्ने अवस्था देखिएको छ।” पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) ले सत्ता सम्हालेको केही समय…

नैतिकता होस् त यस्तो ! बस दुर्घटनाको जिम्मेवारी लिँदै तीन मन्त्रीले दिए राजीनामा

भदौ १६, २०७५ - शनिबार

१६ भदौ, काठमाडौँ । बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटनापछि त्यहाँको सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् । पश्चिम बुल्गेरियाको राजधानी सोफियाबाट ५० किलोमिटरको दूरीमा पर्ने पश्चिम भागमा अघिल्लो शनिबार पर्यटक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो…

वैज्ञानिकहरुद्वारा भूकम्पपछिको परकम्पको गति मापन गर्ने प्रविधीको सफल परिक्षण

भदौ १४, २०७५ - बिहिबार

नुवाकोट / वैज्ञानिकहरुले भूकम्पपछिको परकम्पको गति मापन गर्ने प्रविधीको सफल परिक्षण गरेका छन् । विशेष किसिमको उपकरणबाट हुने मापनले भूकम्पको धक्का हेरेर परकम्पको पूर्वानुमान गर्न सक्ने अध्ययनमा सहभागीहरुले दावी गरेका छन् । प्राय भुकम्प पछि सधै परकम्प आउने भएपनि कहाँ, कतिबेला र कत्रो धक्का आउँछ भन्ने बारेमा कसैले अनुमान गर्न सकेका छैनन् । तर नयाँ…