अन्तराष्ट्रिय

१० कक्षा पढ्दा पढ्दै घरबाट भागेका नुवाकाेटका नवराज थापा युएईमा बने ग्यारेज मालिक

मंसिर २६, २०७५ - बुधबार

-भुपराज बस्याल यूएई –१० कक्षा पढ्न बुवासँग एक सय रुपैयाँ लिएर किताब किन्न भनी ०३८ सालमा काठमाडौं छिरेका नुवाकोटका नवराज थापा अहिले यूएईमा ग्यारेजका मालिक बनेका छन् । घरबाट किताब किन्ने बहानामा काठमाडौं आएका थापा अध्ययन छोडेर ग्यारेजको काममा लागेका थिए । केही समय काठमाडौंमा बसेर यूएई आएका थापा अहिले स्थापित व्यवसायीमात्र होइन, रोजगारदाता समेत…

भारतीय चुनावको प्रारम्भिक नतिजा, काङ्ग्रेस ठूलो मतान्तरले अगाडि

मंसिर २५, २०७५ - मङ्लबार

काठमाडौँ । भारतीय जनता पार्टी (बीजेपी) आफू सत्तामा रहेको तीन प्रदेशमा विपक्षी कंग्रेसभन्दा पछाडि परेको छ। भारतको विधान सभा निर्वाचनको प्रारम्भिक परिणाम अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढ राज्यमा प्रमुख प्रतिपक्षी दल कंग्रेसले अग्रता कायम गरिरहेको छ। संवाददाताहरू भन्छन् अहिलेको पराजय अनपेक्षित थिएन , यो बीजेपीलगायतका सत्तारुढ दलहरूको लागि अस्थायी संकट मात्र हो र यसबाट…

कोरियाले नेपालीलाई १० वर्षे मल्टिपल भिसा दिने

मंसिर १९, २०७५ - बुधबार

कोरिया : दक्षिणपूर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० वर्षे मल्टिपल (बहुप्रवेश) भिसा पाउने भएका छन्। कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, वंगलादेश, म्यान्मार, कम्बोडिया, श्रीलंका, इन्डोनेसिया, लाओस, पाकिस्तान, फिलिपिन्स र भियतनाम छन्। डिसेम्बरबाट लागू हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक भिसा प्राप्त गरेपछि १० वर्षसम्म आवतजावत…

पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिको यस्तो पत्र

मंसिर १८, २०७५ - मङ्लबार

इस्लामावाद : अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन् । पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको जानकारी अनुसार ट्रम्पले अफगानिस्तानको समस्या समाधानका लागि पत्रमा विषेश चासो व्यक्त गरेका हुन् । अफगानिस्तानमा १७ वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति वार्ता मार्फत् प्रभावकारी कदम चाल्न पनि…

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको निधन

मंसिर १५, २०७५ - शनिबार

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको निधन भएको छ। अमेरिकाका पूर्वराष्ट्रपति समेत रहेका उनका छोरा जर्ज डब्लु बुसले विज्ञप्ति जारी गर्दै उनकाे निधन भएको जानकारी दिएका हुन्। अमेरिकाका ४१औं राष्ट्रपति उनी ९४ वर्षका थिए। सन् १९८९ देखि सन् १९९५ सम्म उनी अमेरिकाका राष्ट्रपति भएका थिए। जर्ज एच डब्लु बुसलाई पराजित गर्दै विल क्लिन्टनले ४२औं राष्ट्रपति…

वैदेशिक रोजगारीका गएका दुई नेपाली चेलीको रहस्यमय मृत्यु

मंसिर ११, २०७५ - मङ्लबार

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपाली चेलीले ज्यान गुमाएका छन्। कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गार्मेन्टको कामका लागि गएका उनीहरूको एक महिनाभित्र एउटै भवनमा २ जनाको ज्यान गएको हो। यो खबर आजको समाचारपत्र दैनिकमा सूर्यप्रसाद अर्यालले लेखेका छन्। सिन्धुपाल्चोक बाह्रबिसे थापागाउँकी रोशनी रसाइली बाथरुममा झुन्डिएको अवस्थामा भेटिएकी…

अमिताभ बच्चनले किन तिरिदिए १४ सय जनाको लाखौं ऋण?

मंसिर ६, २०७५ - बिहिबार

भारत : भारतीय चलचित्र उद्योग बलिउडमा महानायक भनेर चिनिएका अमिताभ बच्चनले सयौँ किसानहरूको ऋण तिरिदिएका छन्। आफूले चार करोड भारतीय रुपैयाँभन्दा बढी रकम तिरेर १,३९८ किसानलाई ऋणमुक्त गराएको उनले जनाएका छन्। मङ्गलवार आफ्नो ब्लगमा उनले त्यसबाट आफूलाई केही गरेको अनुभूति भएको लेखेपछि त्यसबारे थाहा भएको हो। उनले सघाएका किसानहरू उत्तर प्रदेश राज्यका हुन्। ऋणको बोझ…

अन्डरवेयर लिएर संसदमा पुगिन सांसद

मंसिर २, २०७५ - आइतवार

काठमाडौं । सहमतिमा सेक्सको बहस चर्किएको बेला आयरल्याण्डका एक सांसद अन्डरवेयर लिएर संसदमा पुगेकी छन् । बलात्कार मुद्दाका अभियुक्तलाई रिहा गरेपछि डब्लिनसहित विभिन्न स्थानमा प्रदर्शन समेत भएको थियो । १७ वर्षीया किशोरी बलात्कारको मुद्दा सुनुवाईका क्रममा अभियुक्तका वकिलले अदालतमै भनेका थिए–‘तपाईंले उसको पोशाकलाई पनि हेर्नुपर्छ । उनले थोङ (अन्डरवेयर) लगाएकी थिइन्, जसमा अगाडि फित्ता पनि…

श्रीलङ्काः विदेशीको स्वार्थभूमिमा परिणत

मंसिर १, २०७५ - शनिबार

काठमाडौँ / कतिपय निर्णयमा सामान्य मतभेद भएपछि शुरु भएको श्रीलङ्काको राजनीतिक सङ्कट अहिले अझ जटिल बन्दै गएको छ । राज्यका प्रमुख शक्ति केन्द्रमध्ये संसद् र अदालत एकातिर छन् भने अर्को प्रमुख शक्तिकेन्द्र राष्ट्रपति अर्को पक्षमा हुनुहुन्छ । त्यसैले पनि सङ्कट थप जटिल बन्दै गएको हो । शक्ति सन्तुलन नमिल्दासम्म यो सङ्कट सजिलै समाधान हुने देखिएको…

जो भए, बोलेकै भरमा अर्बपति

मंसिर १, २०७५ - शनिबार

अमेरिका : अमेरिकाको गरिब परिवारमा ६८ वर्षअघि फिल म्याकग्रवको जन्म भएको हो। उनको परिवारलाई दुई छाक टार्न पनि धौधौ थियो। घरबारविहीन थिए उनी। घर नभएकै कारण उनले बुवासँग कारभित्रै कैयौं रात बिताएका थिए। हाल उनी एक चर्चित अमेरिकी टेलिभिजनका प्रस्तोता हुन्। टेलिभिजनमा आफ्नो सो नपरेको दिन उनी अन्य प्रस्तोताहरूका लागि अतिथि बनेर अन्य कार्यक्रममा सहभागी…

जनजाति महासङ्घको अध्यक्षमा तामाङ

कार्तिक २९, २०७५ - बिहिबार

बेल्जियम : नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा तामाङ र महासचिवमा नन्दराज घले निर्वाचित भएका छन्। बेल्जियमको लुभेनमा आज भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मुना राई र उपाध्यक्षमा यमुना रोका मगर, होमबहादुर गुरुङ, डिल्ली सुब्बा र सूर्यनारायण श्रेष्ठ तथा सचिवमा कान्छा शेर्पा चयन भएको नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष केजिन राईले…

मध्यरात राष्ट्रपतिद्वारा संसद भङ्‍ग, आम चुनावको घोषणा

कार्तिक २४, २०७५ - शनिबार

एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गरेका छन् । साथै उनले जनवरी ५ मा देशमा आमचुनाव गर्ने घोषणा गरेका छन् । यसको अर्थ स्पष्ट छ, प्रधानमन्त्री महिन्द्रा राजपाक्षेसँग संसदमा पर्याप्त समर्थन थिएन । २६ अक्टोबरको नाटकीय घटनाक्रममा सिरिसेनाले प्रधानमन्त्री रानिल विक्रमसिंघेलाई बर्खास्त गर्दै पूर्व राष्ट्रपति महिन्द्रा राजपाक्षेलाई प्रधानमन्त्रीको रुपमा शपथ दिलाएका थिए ।…

‘सौर्यमण्डल बाहिरबाट आएको सिगार आकारको वस्तु पृथ्वीको अध्ययन गर्न पठाइएको एलियन यान हुन सक्ने’

कार्तिक २२, २०७५ - बिहिबार

सीएनएन – अघिल्लो वर्षको मे महिनामा एक रहस्यमयी सिगार आकारको वस्तु हाम्रो सौर्य प्रणालीमा देखियो । खगोलशास्त्रीहरुबीच यस वस्तुको वास्तविकतालाई लिएर लामो अनुमान, छलफल र वादविवाद भयो । हाल आएर हारवार्ड विश्वविद्यालयका खगोलविद्हरुले उक्त वस्तु पृथ्वीको अनुसन्धान गर्न पठाइएको एलियन यान हुनसक्ने बताएका छन् ।  ओमुआमुआ नाम दिइएको उक्त वस्तु अक्टोबर २०१७ मा हवाई स्थित…

हिराबहादुरबाट ह्यारी बनेका भण्डारी यसरी निर्वाचित भए अमेरिकी संसद्मा

कार्तिक २१, २०७५ - बुधबार

काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी हुनुभएको छ । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँ डेमोक्र्या्टिक उम्मेदवारबाट चुनाव लड्नु भएको थियो । अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा खाता खोल्न भण्डारी सफल हुनुभएको छ । मुलुक बाहिर…

२ सय ७२ महिला बस्ने क्याम्पभित्र यी नेपाली महिला बनिन् ‘काल’, महिलाहरूको भागाभाग

कार्तिक २१, २०७५ - बुधबार

काठमाडौं, २१ कात्तिक । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहस्थित तान्जिफ्को इमिरेट्स कम्पनीमा कार्यरत नेपाली महिला शोकमा डुबेका छन् । त्यस क्याम्पमा २ सय ७२ नेपाली महिला बस्छन्। कान्तिपुर दैनिकले समाचार छापेको छ । गत कात्तिक ९ गते उनीहरूले सोच्दै नसोचेको घटना घट्यो । सिन्धुलीकी सविना तामाङको आक्रमणबाट कोठामा बसिरहेकी काठमाडौंकी सिर्जना बरालको हत्या भएपछि क्याम्पभित्रको…