नुवाकोट समाचार

कबिलासका विधार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान, सहकारी संस्थालाई स्ट्रेचर हस्तान्तरण

अशोज ८, २०७५ - सोमवार

हरी भेटुवाल, कबिलास । पन्चकन्या गाउँपालिका वडा नंवर २ मा रहेको श्री शान्ति बिधा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । लायन्स क्लब अफ काठमाडौ सामाखुसीको सहयोगमा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको क्लबका पुर्व अध्यक्ष शिवराम गौतमले जानकारी दिनुभयो। सो अवसरमा बिद्यालयमा अध्ययनरत ६५ जना विधार्थीहरुलाई झोला, ड्रेस, कापी र स्टेसनरी सामाग्रीहरु…

स्कुल-स्कुलमा प्रहरी अभियान अन्तरगत भैरुम माबिमा सचेतनामुलक कार्यक्रम सम्पन्न

अशोज ७, २०७५ - आइतवार

नुवाकोट : स्कुल स्कुलमा प्रहरी अभियान अन्तरगत जिप्रका नुवाकोटको आयोजनामा भैरुम माबिमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बिदुर नगरपालिका वडा नंवर ९ हातिगौंडा स्थित भैरुम उच्चमाबिमा अध्ययनरत कक्षा ११ र १२ का छात्रा र छात्र ८० जना र सोहि बिद्यालयका कक्षा १० का छात्र र छात्रा गरी ७५ जना समेत गरी १५५ बिद्यार्थिहरुको…

अस्तित्व मेटिने खतरामा पृथ्वीनारायण शाहको नासो, टेकोका भरमा वीरताको प्रतीक !

अशोज ७, २०७५ - आइतवार

नुवाकोट, ७ असोज – देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मेटिने आशंका उब्जिएको छ । भूकम्पले भत्काएको ४१ महिनासम्म पनि सम्पदा पुनःनिर्माणमा सरकारको ध्यान नपुग्दा अलिअलि जोगिएको सम्पदाहरु पनि नाश हुन थालेको छ ।…

बिदुरको बाैद्धिक अपाङ्गता अभिभावक संघलाई अपाङ्ग मैत्री सामाग्री बितरण

अशोज ७, २०७५ - आइतवार

काठमाडौं, २०७५ असाेज ७ : अाइतबार लायन्स क्लव ईन्टरनेशनलकाे सहयाेगमा नुवाकोट, विदुर नगर पालिका वडा नम्बर ५ स्थित माझीटारमा रहेकाे बाैद्धिक अपाङ्गता अभिभावक संघलाई अपाङ्ग मैत्री सामाग्री उपलब्ध गराईएकाे छ। लायन्स क्लव अफ काठमाडौं ग्लाेबल टाउन, स्वयम्भू टाउन, सेन्ट्रल टाउन र सिम्रिक ग्रुपकाे सहयाेगमा प्राप्त भएकाे पाँच थान ह्वील चियर, चार थान वाकर, ३ थान…

ढिकुरेमा चन्द्रशमशेरले बनाएको १०६ बर्ष पुरानो झोलुङ्गे पुलको ईतिहास मेटिँदै

अशोज ७, २०७५ - आइतवार

लिखु : लिखु गाउँपालिका वडा नं १ र ३ जोड्ने झोलुङ्गे पुल जिर्ण बनेको छ । श्री ३ चन्द्र शमसेरले निर्माण गरेको उक्त पुल स्थानीय सरकारले पुनर्निर्मानमा चासो नदेखाउँदा अस्तित्व नै मेटिने आवस्थामा पुगेको हो । १९६९ देखी सुचारु भएको उक्त पुल मर्मत भएको छैन । वडा नं ३ बाट आएको पहिरोले पुलको टेवा पर्खाल…

नुवाकोटमा आफ्नै नवजात शिशुको हत्या अभियोगमा आमा पक्राउ

अशोज ७, २०७५ - आइतवार

बेत्रावती। आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको शव रहेको स्थानको घटनास्थल मुचुल्का, उनीसँगको प्रारम्भिक अनुसन्धान,…

मैलुङ–स्याफ्रुबेँसी सडकको नयाँ डिपिआर बनाइँदै, सेनाले ट्रयाक खोल्यो अब सडक विभागले बनाउने

अशोज ७, २०७५ - आइतवार

रसुवा / चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन हुने भएको छ। गत असारमा डिपिआर तयार गरिएको थियो। वर्षाका कारण सडकमा थप क्षति भएकाले डिपिआर संशोधन गर्न लागिएको हो। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले दुई वर्षभित्र नवनिर्मित यो सडकको स्तरोन्नतिको कार्य गर्नेछ। नयाँ ट्रयाक खोलिएको सडकका धेरै स्थानमा पहिरो…

अब नुवाकोटमै महिन्द्रा ब्राण्डका गाडीहरुको खरिद र मर्मतको सुबिधा उपलब्ध

अशोज ५, २०७५ - शुक्रबार

५ असोज : महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारिक प्रतिनिधी अग्नी ईन्कर्पोरेटेड संगको समन्वयमा कला मोटर्स मार्फत महिन्द्रा ब्राण्डका गाडीहरुको स्थानीय स्तरमै खरिद र मर्मतको सुबिधा उपलब्ध गराएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यहरु राजन श्रेष्ठ र चन्द्रकान्त अधिकारी सहित रीना श्रेष्ठ र रमेशभाई अधिकारीले कला मोटर्स प्रा.लि.ले शुक्रवारबाट नुवाकोटमा शोरुम र बिक्रि केन्द्र…

भक्तपुरबाट चोरीको मोबाइलसहित चार पक्राउ, पक्राउ पर्नेमा नुवाकोटका युवक पनी

अशोज ५, २०७५ - शुक्रबार

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ९ खोलाखर्क घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय वितेश भण्डारी, सिन्धुपाल्चोक जलबिरे याङ्लाकोटका हाल सानोठिमी बस्ने १८ वर्षीय राजु तामाङ, नुवाकोट त्रिशूली घर भई हाल थिमी बस्ने २२ वर्षीय मनिष बस्नेत, भारत घर…

पहिरोको कारण नुवाकोटको पश्चिमी भेगमा रहेका १३० घर जोखिममा

अशोज ५, २०७५ - शुक्रबार

विदुर : लगातारको वर्षा र पहिरोका कारण नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिकामा एक सय ३० घर जोखिममा परेको छन् । हाल चार सय ५० घर पहिरोको उच्च जोखिममा रहेकोे जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए । उनका अनुसार पहिरोले चार हजार २ सय घर परिवार प्रभावित भएका छन् । पहिरोको कारण उद्धार…

नेकपा प्रदेश ३ को सह-इन्चार्जमा नेता हितबहादुर तामाङ चयन

अशोज ५, २०७५ - शुक्रबार

काठमाडौं– नेपाल कम्यूनिस्ट पार्टी(नेकपा) ले सातवटै प्रदेशका अध्यक्ष,सचिव तथा इन्चार्जको चयन गरेको छ । शुक्रबार बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश कमिटिहरुको टुंगो लगाएको हो । पूर्व माओवादीबाट प्रदेश ३ को सह-ईन्चार्जमा नुवाकोटबाट निर्वाचित संघिय सांसद हितबहादुर तामाङ चयन भएका छन । पूर्व माओवादीबाट कर्णाली प्रदेशको इन्चार्जमा जनार्दन शर्मा बाहेक अन्य प्रदेशको इन्चार्ज पूर्व एमालेबाट चयन…

थान्सिङको सिद्दी गणेश प्राविमा खानेपानी तथा सरसफाइ विषयक गोष्ठी सम्पन्न

अशोज ५, २०७५ - शुक्रबार

थान्सिङ, भट्टथोक। नुवाकोटको लिखु गाउँ पालिका वडा नम्बर-६ भट्टथोकमा अवस्थित सिद्दी गणेश प्राथमिक विद्यालयमा एक दिने खानेपानी तथा सरसफाइ विषयक अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम ईस्लामिक सस्था युएसएको सहयोगमा बतास फाउन्डेसन नुवाकोटले गरेको हो। कार्यक्रममा विद्यालयका ९५ जना विद्यार्थीलाई खानेपानी तथा सरसफाइ सम्बन्धि विभिन्न पर्चा पम्प्लेटका साथमा वर्षायाम र यस लगत्तै परिवर्तन आउने मौसम,…

नुवाकोट गोर्स्याङका दलबहादुर र ललितमान लामाद्वारा स्वास्थ्यचौकीलाई जग्गा दान

अशोज ४, २०७५ - बिहिबार

नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको गोस्र्याङ स्वास्थ्य चौकीलाई स्थानीयवासीले लाखौं मूल्य पर्ने जग्गा दान गरेका छन् । स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि तारकेश्वर गाउँपालिका–५ गोस्र्याङका दलबहादुर लामा र ललितमान लामाले दुई÷दुई रोपनी जग्गा दान गर्नुभएको हो । जग्गा दाताद्वयले मङ्गलबार मालपोत कार्यालयमा आएर स्वास्थ्यचौकीको नाममा चार रोपनी जग्गा दर्ता गरिदिएको स्वास्थ्य चौकीका प्रमुख…

गँगटे-ढिकुरे ७ किलोमिटर सडकमा ७००० भन्दा बढी खाल्डाखुल्डी

अशोज ४, २०७५ - बिहिबार

नुवाकोट : गँगटेबाट ढिकुरे पुग्ने ७ किमी सडकमा अहिले झण्डै ७००० भन्दा बढी खाल्डाखुल्डी छन । यती धेरै खाल्डा पर्दापनी सम्बद्ध निकायको यतापट्टी ध्यान जान सकेको छैन । यात्रा गर्दा कतै धुलो , कतै हिलो र कतै खाडल छन । यसरी यात्रा गर्दा ७ किमीको बाटो लाई झण्डै २ घण्टा बढी धेरै समय खर्चिरहनु परिरहेको…

नुवाकोटमा प्रहरी नायब उपरिक्षकको कमाण्डमा स्थायी रुपमा सशस्त्र प्रहरी

अशोज ४, २०७५ - बिहिबार

काठमाडौं । देश संघिय संरचनामा गएसँगै सशस्त्र प्रहरी बलले पनि आफ्नो संरचनामा परिवर्तन गर्दै गएको छ। सशस्त्र प्रहरी बलले देशभरका ७७ वटै जिल्लामा आफ्नो स्थायी कार्यालय स्थापना गर्ने र सातवटै प्रदेश र उपत्यकामा गरी ८ वटा बाहिनी स्थापना कार्य अगाडी बढाएको छ। हाल सशस्त्र प्रहरी बलको ४२ जिल्लामात्रै स्थायी कार्यालय र पाँचवटा बाहिनी रहेका छन्…