नुवाकोट समाचार

दुप्चेश्वर गाउँपालिकाका उपभोक्ता समितिलाई प्रशिक्षण: भोली समुन्द्रटारमा, पर्सी राउतबेसीमा

मंसिर २७, २०७५ - बिहिबार

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका उपभोक्ता समितिका पदाधिकारी र सरोकारवालाहरुका लागि योजना सञ्चालन सम्वन्धी अनुशिक्षण तालिम दिन थालिएको छ । बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रमको पारदर्शी, व्यवस्थित, जनसहभागिता र ब्यवस्थित रुपमा कार्यान्वयनका लागि गाउँपालिकामा गठन भएका उपभोक्ता समितिका प्रतिनिधिहरुलाई अनुशिक्षण सुरु भएको हो । कार्यक्रमको पहिलो दिन शिखरवेशीको बच्छला माध्यामिक विद्यालयमा वडा नम्बर १…

उपत्यकाको फोहोर फेरिपनी नुवाकोटमा विसर्जन गरिने

मंसिर २७, २०७५ - बिहिबार

काठमाडौं : काठमाडौं महानगरपालिकाले यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको बञ्चरे डाँडामा बिसर्जन गरिने भएको छ । मंसिर १७ को मन्त्रिपरिषद् बैठकले धादिङको धुनीबेंसी नगरपालिका र नुवाकोटको कंकनी गाउँपालिका सिमानामा रहेको बञ्चरेडाँडामा विशेष परिस्थितिका लागि व्यवस्थापन गर्ने निर्णय गरेको थियो । बैठकले यथाशीघ्र निर्माण अगाडि बढाउन आवश्यक जनशक्ति व्यवस्थापन र सम्बन्धित निकायसँग…

नुवाकोटमा वृद्धामाथि बलात्कारपछि हत्या प्रयास

मंसिर २६, २०७५ - बुधबार

विदुर, मङ्सिर २६ गते । केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ । विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिनुभयो ।…

नुवाकोट सदरमुकाममा रहेका विद्यालय अझैसम्म टहरामा

मंसिर २६, २०७५ - बुधबार

काठमाडौँ, २६ मंसिर । विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि नुवाकोट सदरमुकाममा रहेका विद्यालय नै अझैसम्म टहरोमा सञ्चालित छन् । समयमै विद्यालय पुनःनिर्माण कार्यले गति लिन नसक्दा सदरमुकाम विदुर नगरपालिका बट्टारस्थित भीमसेन माध्यामिक विद्यालयमा विद्यार्थी लामो समयदेखि टहरोमा पठनपाठन गर्न बाध्य भएका हुन् । जिल्लाको केन्द्रमै रहेको विद्यालयको अवस्था त दयनीय छ भने…

कस्ले चोर्यो देवीघाटस्थित पृथ्वीनारायण शाहको तरबार ?

मंसिर २६, २०७५ - बुधबार

मङ्सिर २६, नुवाकोट | नुवाकोटको देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । विदुर नगरपालिका–५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाचेर लगिएको थियो । ‘बालाचतुर्दशीको राति चौसट्ठीमा बत्ती बाल्ने भीड थियो,’ स्मारकमा हेरालु काम गर्दै आएका रामेश्वर नेपालले भने, ‘भोलिपल्ट सात बजे हेर्दा तरबार देखिएन । हाकिमलाई जानकारी गराएँ ।’ तरबार नदेखिएपछि…

नुवाकोटका विष्णु रिमाल सिंहदरबार हल्लाउँदै, सचिवहरुसँग हरेक दिन लिन्छन ‘ब्रिफिङ’

मंसिर २६, २०७५ - बुधबार

प्रधानमन्त्री कार्यालयले केहीअघि सचिवहरूको बैठक डाक्यो । जुटेका सचिवहरू तब जिल्ल परे, जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरे। ‘यस्तो अनौठो शासकीय प्रणाली कहिल्यै देखिएको थिएन’, त्यसमा सहभागी एक सचिवले भने, ‘देशमा छाया शासन चल्न थालेको अनुभूति भयो।’ स्रोतका अनुसार रिमालले हरेक दिनजसो सचिवहरुलाई ‘बिफ्रिङ’ मा बोलाउँछन् । त्यसका लागि कार्यतालिका…

नुवाकोटमा पहिलोपटक पुरुष पदयात्रा

मंसिर २५, २०७५ - मङ्लबार

विदुर : ‘लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ र ‘अत्ती भो !’ अभियान अन्तर्गत नुवाकोटमा पहिलोपटक पुरुष पदयात्रा भएको छ। सन् २०१४ मा दक्षिण एसियामै पहिलोपटक नेपालबाट सुरु भएको महिला तथा बालिकामाथि हुने हिंसा विरुद्धको पुरुष ऐक्यबद्धता स्वरुप पुरुष पदयात्रा नुवाकोटमा भने हिजा सोबार पहिलोपटक आयोजना गरिएको हो । पदयात्रा बिहान विदुर नगरपालिका–१ त्रिशुली…

मुआब्जा माग गर्दै पिपलटार-ढुङ्गेका स्थानीयले दिए कडा चेतावनी

मंसिर २५, २०७५ - मङ्लबार

विदुर, २५ मङ्सिर – राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडकमार्गअन्तर्गत पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीले सोमबार विरोध र्याली निकालेका छन् । आयोजनाले सडकमा पर्ने सबै भूभागको मुआब्जा नदिने जनाएपछि प्रभावित नागरिक आन्दोलित भएका हुन् । पिपलटारदेखि ढुङ्गेसम्म सडकमा परेका जग्गाको मुआब्जा निर्धारण हुन सकेको छैन । गत कात्तिक १३ गते पिपलटारवासीले योजनाको निर्माण व्यवसायीले सो क्षेत्रमा गरेको…

अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने, नुवाकोटस्थित सिसडोलमानै फोहर व्यवस्थापन हुने

मंसिर २५, २०७५ - मङ्लबार

काठमाडौँ, २५ मङ्सिर । काठमाडौँ महानगरपालिकाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने भएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माण केन्द्र तत्काल शुरु गर्ने भएपछि कामपाले अल्पकालीन फोहर व्यवस्थापन स्थान निर्माण नगर्ने भएको हो । कामपाका वातावरण विभागका प्रमुख हरि श्रेष्ठका अनुसार दीर्घकालीन फोहर व्यवस्थापनको लागि काम अघि बढिसकेकाले थप खर्च गरेर अल्पकालीन फोहर व्यवस्थापन केन्द्रको आवश्यकता नभएको…

मुआब्जा माग गर्दै पिपलटार–ढुंगे खण्डमा प्रदर्शन, आन्दोलनमा काङ्ग्रेसको समर्थन

मंसिर २५, २०७५ - मङ्लबार

नुवाकोट – राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक विस्तारअन्तर्गत पिपलटार–ढुंगे खण्डमा जग्गा पर्ने बासिन्दाले मुआब्जा माग गर्दै सोमबार विरोध प्रदर्शन गरेका छन्। पिपल्टार–ढुंगे सडक खण्ड प्रभावित सरोकार समितिको आयोजनामा उनीहरूले विरोध ¥याली र कोणसभा गरेका हुन्।नागरिकमा भगवती लामाले लेख्नुभएको छ । जनतालाई सुकुमबासी बनाउन पाइँदैन, राष्ट्रिय गौरवको आयोजनामा भेदभाव गर्न पाइँदैन, सम्पत्तिको मौलिक हक सुनिश्चित गर,…

‘पिकनिक स्पट’ बन्दै नुवाकोटको ‘सुइरे चौर’

मंसिर २४, २०७५ - सोमवार

सुइरे चौर : नुवाकोट जिल्लाको पुर्वि भेगमा रहेको शिवपुरी गाउँपालिकाको वडा नं ७ सुनखानिको ‘सुइरे चौर’ अान्तरिक तथा बाह्य पर्यटकिय स्थलको रुपमा परिचित हुदै गएको छ। यहाँ बाट लाङटाङ हिमाल, गणेश हिमाल, मनासलु हिमाल, जुगल हेल्मबु हिमालको दृश्य अबलोकन गर्न सकिन्छ । आजभोलि जाडो तथा चिसो मौसममा यहाँ नेपालका विभिन्न स्थानबाट बनभोज तथा पिकनीक आउनेको…

समायोजन ऐनको व्यवस्था संघियताको मर्म बिपरित, प्रतिवाद गर्ने ढुङ्गानाको भनाई

मंसिर २४, २०७५ - सोमवार

काठमाण्डौ : कर्मचारी समायोजनपछि स्थानीय तहको प्रशासकीय प्रमुख केन्द्रले खटाउने व्यवस्थाप्रति स्थानीय जनप्रतिनिधिले गम्भिर आपत्ति जनाएका छन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय प्रमुख आफैँले खटाउने गरी अध्यादेशमार्फत ल्याएको ऐन संविधानको मर्म र भावनाविपरीत ऐनमा गरिएको व्यवस्था मान्न बाध्य नहुने चेतावनी दिएका हुन । अधिकार कटौती गर्दै स्थानीय तहलाई असफल बनाउने उद्देश्यसहित मन्त्रालय प्रस्तुत…

पृथ्बीनारायण शाहको देबिघाटमा रहेको शालिकसंग रहेको तरबार हरायो

मंसिर २३, २०७५ - आइतवार

देबिघाट : राष्ट्रपिता पृथ्बीनारायण शाहको देबिघाटमा रहेको पूर्णकदको शालिकसंग रहेको तरबार हराएको छ । बिदुर नगरपालिका वडा नम्बर ५ मा रहेको शाहको शालिकसँग रहेको तरबार ३ दिन अघिदेखी हराएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले पुष्टी गरेको छ । नेपाललाई एउटै देश बनाउने अभियान स्वरुप पहिलो पटक नुवाकोटमा नै बिजय अभियानको सुरुवात गरेका पृथ्बीनारायण शाहको देहाबसान पनि…

नेपाली काङ्ग्रेस नुवाकोटका पुराना नेता पाण्डेको निधन

मंसिर २३, २०७५ - आइतवार

नुवाकोट : नेपाली कांग्रेस नुवाकोटका पुराना नेता लोकजङ्ग पाण्डेको असामयीक निधन भएको छ । बेलकोटगढी वडा नं ११ वडा निवासी ६५ वर्षिय पाण्डेको आज बिहान तिगाउँमा मृत्यु भएको नेपाली काङ्ग्रेस नुवाकोटका प्रबक्ता राजु थापाले जानकारी दिनुभयो । लोकतान्त्रीक आन्दोलनका योद्धा तथा सामाजिक अगुवा समेत रहेका पाण्डे पार्टीको राजनितिमा समेत उत्तिकै क्रियासील, मिलनसार, मृदुभाषी, सवैका प्रिय…

नियन्त्रित लागूऔषध सहित नुवाकोटका २ जना पक्राउ

मंसिर २३, २०७५ - आइतवार

काठमाडौं – काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका २ का ३२ वर्षीय सन्तोष अवस्थी र उनकी श्रीमती २७ वर्षीया निलु अवस्थीलाई नियन्त्रित लागूऔषध डाइजेपाम र फेनारगन ३० एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरूले कोठामा बिक्री बितरणको लागि उक्त लागूऔषध लुकाइ छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको…