बेलकोटगढी

नुवाकोटका दुई कराँते खेलाडीलाई बंगलादेशमा स्वर्णपदक

चैत्र ४, २०७५ - सोमवार

बिदुर : बंगलादेशको राजधानी ढाकामा जारी वेस्टर्न सेकेण्ड ईन्टरनेसनल कराते च्याम्पियनशीपमा नुवाकोटका दुई खेलाडीले स्वर्णपदक प्राप्त गरेका छन । शनिवार राती भएको कुमुतेको ३५ केजी तर्फको प्रतिस्पर्धामा बंगलादेशी प्रतिस्पर्धीलाई पराजित गर्दै रोहिणी पण्डित र ५५ केजी तर्फको प्रतिस्पर्धामा पनि बंगलादेशी प्रतिस्पर्धीलाई नै हराउँदै यजुक थिङले स्वर्ण पदक प्राप्त गरेको नुवाकोट सितेरियो कराते संघका प्रमुख प्रशिक्षक…

नुवाकोटमा तेस्रो झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता हुँदै

फाल्गुन २६, २०७५ - आइतवार

नुवाकोट । नुवाकोटमा तेस्रो संस्करणको झिल्टुङ्ग क्रस कन्ट्री रेस च्याम्पियनसिप हुने भएको छ । नुवाकोटको बेलकोटगढी नगपालिका ५ कोल्पुटारमा यही चैत २ गते च्याम्पियनसिपको आयोजना गर्न लागिएको आयोजक बेलकोटगढी नगरपालिका वडा नम्वर ५ को कार्यालयले जनाएको छ । ‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ हुन लागेको खेलमा १३.४ किलोमिटरको महिला र पुरुष दौड प्रतियोगितामा…

नुवाकोट र रसुवामा निर्माणाधीन २९ सडक योजना अलपत्र, कुन निकायबाट सञ्चालन गर्ने भन्नेमा अन्योल

फाल्गुन २५, २०७५ - शनिबार

रामहरी न्यौपाने – नुवाकोट । नुवाकोट र रसुवामा निर्माणाधीन २९ सडक योजना कुन निकायबाट सञ्चालन गर्ने भन्ने अन्योलमा अलपत्र बनेको छ । सडक विभागमार्फत बहुवर्षीय ठेक्का लागेका तर बजेट विनियोजन प्रदेशअन्तर्गत हुने भनी निर्णय भएका योजना सञ्चालन गर्ने जिम्मेवार निकाय नहुँदा निर्माण रोकिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागले अघिल्ला वर्षमा ठेक्का…

बेलकोटगढी नगरपालिकामा भ्रष्टाचार र बेथिती !

फाल्गुन २१, २०७५ - मङ्लबार

बेलकोट : नुवाकोटको बेलकोटगढी नगरपालिकामा पछिल्लो समय बेथीती र भ्रष्टाचारजन्य गतिबिधीमा बृद्धी हुन थालेको छ। महालेखाले गरेको लेखापरिक्षण अनुसार बेलकोटगढी नगरपालिकामा वैठक भत्तामा वेथिती मौलाएको हो । महालेखाका अनुसनर नगरपालिकाको वडा नम्बर १, १०, ११ र १३ का सचिव शुक्रकुमार श्रेष्ठले ४ महिनामा ३ वटा बैठक बसाले । र उनले ४ महिनाको बैठक भत्ता बापत १ लाख…

ऐतिहासिक झिल्टुङ गाउँ

फाल्गुन १७, २०७५ - शुक्रबार

नारायण नेपाल (पिपलबोटे कान्छो) : वर्तमान नुवाकोट जिल्लाको दक्षिण पश्चिममा अवस्थित एक प्राचीन गाउँ वस्तीको नाम हो झिल्टुङ । तल उत्तर पश्चिम त्रिशुली नदिको किनारादेखि दक्षिणमा कोल्पुखोला र पर्वमा चिम्टेश्वरको टापुसम्म झिल्टुङले छोएको छ । झिल्टुङ गाउँको नामाकरणको सन्दर्भमा विभिन्न किम्वदन्ती रहि आएको पाईन्छ । डाडापाखामा झिंगटीले घर छाएको गाउँ भएकोले झिल्टुङ गाउँ भनिएको हुन सक्ने…

नुवाकोट र रसुवाका डाँडाकाँडा हिउँले सेताम्य

फाल्गुन १६, २०७५ - बिहिबार

नुवाकोट : नुवाकोट र रसुवामा भारी हिमपात भएको छ। आज रातभरी परेको पानीले दुवै जिल्लाका विभिन्न स्थानमा भएको हिमपातले डाँडाकाँडा सेताम्य बनेका छन । हिमपात भएर तापक्रम घटेका कारण नुवाकोट र रसुवाको उच्च भेगमा कठ्यांग्रिदो चिसो बढेको छ। पानीसँगै हिमपात भएपछि नुवाकोट र रसुवाको जनजीवन कष्टकर भएको छ। चिसो बढेका कारण नुवाकोट र रसुवाको दुई…

जनजागरण पुस्तकालय र रिड नेपालबीच अपांगता समावेसी विपद जोखिम न्यूनिकरण गर्ने सम्झौता

फाल्गुन ८, २०७५ - बुधबार

काठमाडौं । नुवाकाेटमा रहेको श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र र रिड नेपालबीच नेपालमा अपांगता समावेसी विपद जोखिम न्यूनिकरण प्रवर्धन परियोजनाको सम्झौता भएको छ । मंगलबार स्थानिय जनप्रतिनिधि समुदाय रिड नेपाल र पुस्तकालय व्यवस्थापन समितिको उपस्थितिमा उक्त सम्झौता भएको हो । उक्त परियोजना रिड नेपाल र एएसविको आर्थिक सहयोगमा बन्दै छ । जसको समय अवधि…

नुवाकोटमा १५ करोड लगानीमा बन्ने जैवीक रिसोर्टको शिलान्यास

फाल्गुन ४, २०७५ - शनिबार

विदुर । कृषि र पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटमा नेपालकै पहिलो एग्रो टुरिजममा आधारित जैविक रिसोर्टको शिलान्यास भएको छ । नुवाकोटको बेल्कोटगडी नगरपालिका–८ जिलिङको फेदीमा रु १५ करोडको लगानीमा सञ्चालनमा आउने ड्रिम ल्याण्ड रिसोर्ट एण्ड प्राङ्गारिक फार्म हाउसको राष्ट्रीयसभा सदस्य कोमल ओलीले शिलान्यास गर्नुभएको हो । स्थानीय नेपाली परम्परा, संस्कृति, लोप हुन लागेका…

बेलकोटगढी नपाको चौथो नगरसभा सम्पन्न, १० करोड पूरक बजेट सहित ३ नयाँ कानून पारित

माघ २५, २०७५ - शुक्रबार

बेलकोटगढी । नुवाकोटको बेलकोटगढी नगरपालिकाले रु १० करोड पूरक बजेट विनियोजन गरेको छ । माघ २३ गते बुधबार सम्पन्न भएको चौथो नगरसभाले नगरपालिकाभित्र अति आवश्यक योजना सञ्चालनका लागि रु १० करोड २९ लाख ९६ हजार पूरक बजेट स्वीकृत गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं १३ का वडाध्यक्ष पशुपति लोहनीले जनाएका छन्। उनका अनुसार विनियोजन गरिएको…

बेलकोटगढी नगरपालिकाको १० करोड पूरक बजेट विनियोजन

माघ २४, २०७५ - बिहिबार

बेलकोटगढी : नुवाकोट बेलकोटगढी नगरपालिकाले रु दश करोड पूरक बजेट विनियोजन गरेको छ । बुधबारको चौथो नगरसभाले नगरपालिकाभित्र अति आवश्यक योजना सञ्चालनका लागि रु दश करोड २९ लाख ९६ हजार पूरक बजेट स्वीकृत गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं १३ का वडाध्यक्ष पशुपति लोहनीले जानकारी दिनुभयो । उहाँका अनुसार विनियोजन गरिएको बजेटमा सडक विस्तार तथा…

नुवाकोटमा भूकम्पले चर्केको घर भत्किँदा ८५ वर्षीय वृद्धको मृत्यु

माघ २३, २०७५ - बुधबार

नुवाकोट – भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा मंगलबार राति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए । नयाँघर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएको थियो । घर भत्किँदा च्यापिएर वृद्धको ज्यान गएको बेलकोटगढी नपा–७…

गोँगबु बिष्फोटमा नुवाकोटका एक युवकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

माघ २, २०७५ - बुधबार

२ माघ, काठमाडौं । काठमाडौंका गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् । बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । त्यहाँ उपचारका क्रममा तामाङको मृत्यु भएको हो ।…

पौष २८ गते चक्काजाम, माघ ६ गते नुवाकोट बन्द !

पुस २०, २०७५ - शुक्रबार

नुवाकोट- गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितहरुको समुह सडक प्रभावित सरोकार समितिले आफुहरुलाई आयोजनाले मुअब्जा नदिएको भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका छन । समितिको शुक्रबार नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदानमा बसेको छलफलले विरोधका कार्यक्रम सार्वजिनक गरेको हो । सार्वजिनक गरिएको विरोधका कार्यक्रमहरुमा जनप्रतिनिधि, राजनितिक दलका पदाधिकारीहरुसँग छलफल,वार्ता,अन्र्तक्रिया चक्का जाम र नुवाकोट बन्दको कार्यक्रम समेत…

बेलकोटगढी नगरपालिकामा ३० करोडको लगानीमा चक्रपथ र बसपार्क बन्ने

पुस २०, २०७५ - शुक्रबार

बेलकोटगढी / बेलकोटगढी नगरपालिकामा करिव ३० करोड रुपैयाँको लगानीमा नगर चक्रपथ र वसपार्क बन्ने भएको छ । एकिकृत सहरी बिकास योजना(IUDP) दीर्घकालीन सोच निर्धारण कार्यशाला गोष्ठीबाट नगरपालिकाले नगर चक्रपथ र बसपार्क को योजना पास गरेको बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुङ्गानाले बताउनुभयो । नेपाल सरकार सहरी बिकास मन्त्रालयको आर्थिक सहयोग, इ.आर.एम.सि,नेस्ट र जियोकम इन्टरनेसनल को प्राबिधिक…

प्रतिनिधिसभा : गल्छी–त्रिशूली सडकका प्रभावितलाई मुआब्जा दिन नारायण खतिवडाको माग

पुस १९, २०७५ - बिहिबार

काठमाडौँ, १९ पुस । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिने सांसदले राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रीय, जिल्ला र निर्वाचन क्षेत्रसँग समसामयिक विषयमा संसद्मार्पmत सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा वक्ताका रूपमा नेकपाका नारायण खतिवडाले गल्छी–त्रिशूली सडकअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाअन्तर्गत पर्ने आठ किमी सडकमा पर्ने जनतालाई विभेद नगरी मुआब्जा दिन माग गर्नुभयो । नेकपाका भीमबहादुर रावलले माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माण…