बिबिध

सरकारले तोक्यो नयाँ सवारी भाडादर (नयाँ भाडा सूचीसहित)

अशोज ८, २०७५ - सोमवार

काठमाडौँ- सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम गरेको छ भने…

पुनर्निर्माणमा दाता गुहार्दै सरकार

अशोज ६, २०७५ - शनिबार

काठमाडौं / सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि अपुग रकम जुटाउन पुनः अन्तर्राष्ट्रिय दातृ निकाय गुहार्ने भएको छ । आन्तरिक स्रोतसाधनबाट सम्भव नदेखिएपछि अन्तर्राष्ट्रिय स्तरमै पहल गरिने भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ वैशाखको भूकम्पले क्षति पु¥याएका संरचना पुनर्निर्माणका लागि आवश्यक पर्ने थप आर्थिक स्रोत व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा…

सैनिक हेलिकप्टरमा भीआईपीको लर्को, ८ सय घण्टा उडान

अशोज ४, २०७५ - बिहिबार

काठमाडौं / सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ बर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् । यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६/७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक बर्षको भन्दा धेरै हो । नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार…

मेलम्चीका कोमलले टनेलबाट कमाए मनग्य आम्दानी

अशोज ३, २०७५ - बुधबार

मेलम्ची । मेलम्ची नगरपालिका–८ केउरानीका कोमल गिरीले यस वर्ष पाँच टनेलमा गोलभेँडा खेती गरेका छन् । व्यावसायिक रुपमा गोलभेँडा खेती गरेको गिरीले यस वर्ष चार टनेल थपे । उनले गोलभेँडा प्रतिकिलो ५० मा बिक्री गर्दै आइरहेको पनि बताए । टनेलमा गरेको गोलभेँडा र अन्य तरकारी खेतीबाट उनले दुई वर्षमा ४९ हजार नाफा कमाए । टनेलमा…

धादिङका सवारी चालक हडतालमा, सिडियोलाई बुझाए लाइसेन्स

अशोज २, २०७५ - मङ्लबार

धादिङ : सरकारले ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति धादिङले प्रमुख जिल्ला अधिकारी माफर्त प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन् । चालकलाई अपराधी सरह व्यवहार गरिएको ऐन संशोधनको माग राख्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति धादिङल बुझाएका हुन् । यातायात व्यावस्था ऐनको दफा १६१ को १ मा भएको…

दसैंका लागि अग्रिम टिकट बुकिङ अनिश्चित

अशोज २, २०७५ - मङ्लबार

काठमाडौं –  नजिकिदो दसैंलाई लक्षित गर्दै असोज ५ गतेदेखि खुल्ने भनिएको यातायातको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ। सरकारले रोक्का राखिएको यातायात समितिको बैंक खाता नखोल्ने बताएपछि यातायात व्यवसायीले पनि टिकट बुकिङ खोल्न नसकिने स्पस्ट पारेका छन्। यतायात व्यवस्था विभागले समितिका खाता खुला गर्ने संवन्धमा कुनै प्रक्रिया अघि नबढाइएको जनाएको छ। असोज ५ गते यातायात…

किन जाँदैछन् प्रधानमन्त्री ओली असोज ६ गते अमेरिका ?

अशोज २, २०७५ - मङ्लबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिका जाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गर्दै ओली असोज ६ गते अमेरिका प्रस्थान गर्ने भएका हुन् । विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्ने ७३ औं महासभालाई ओलीले पनि सम्बोधन गर्नेछन् ।…

क्रसर बन्द हुँदा राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीेको काम अलपत्र

भदौ ३१, २०७५ - आइतवार

दोलखा — दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा पुनः निमार्णको काम अलपत्र परेको छ । क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीेको कामसमेत अलपत्र परेको हो । कालीञ्चोक गाउँपालिका–४ बाट एक्कासि बन्द गर्न पत्रचार भएपछि ठेकेदारले क्रसर बन्द गरेका कारण माथिल्लो तामाकोशीका काम, दोलखा सिङ्गटी सडक निर्माण,…

थप २३ सय गुनासोकर्ता पुनर्निर्माण लाभग्राही सूचीमा

भदौ २९, २०७५ - शुक्रबार

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले २ हजार ३ सय ४५ गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राही कायम गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३ हजार ३ सय ७९ गुनासो फछ्र्यौट गरेको हो । बैठकले…

प्रदेश ३ का १० जिल्लामा ६१ प्रहरीचौकी बन्ने : कुन जिल्लामा कती ?

भदौ २५, २०७५ - सोमवार

हेटौँडा, २५ भदौ । प्रदेश नं ३ ले रु एक अर्ब १३ करोडको लागतमा १० जिल्लामा ६१ प्रहरीचौकी भवन निर्माण कार्य अगाडि बढाएको छ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न तथा प्रहरीलाई भौतिक पूर्वाधारले सम्पन्न गराउन प्रहरीचौकी भवन निर्माण गर्न लागिएको बताउनुभयो ।…

भारतद्वारा एयर मार्सलको संख्यामा वृद्धि, नेपाली अधिकारीहरु बेखबर

भदौ २५, २०७५ - सोमवार

भारत सरकारले काठमाडौं जाने विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्यामा बृद्धि गरेको छ । भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धी निकायहरुलाई प्राप्त विमान अपहरण हुनसक्ने गोप्य सूचनाको आधारमा मार्सलको संख्या बढाइएको आइतबार प्रकाशित भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतको वायुसेवा सुरक्षा उच्च अधिकारीलाई उद्धत गर्दै उक्त पत्रिकाले इन्टेलिजेन्स एजेन्सीले प्राप्त…

नेपाली हुँदा हुँदै विदेशीलाई जागिर !

भदौ २५, २०७५ - सोमवार

नेपाली कामदार भएसम्म उनीहरूलाई नै रोजगारीमा प्राथमिकता दिनुपर्नेमा सरकारले विदेशी नागरिकलाई खुरुखुरु श्रम स्वीकृति दिइरहेको छ । कुन शैक्षिक स्तर र क्षमता भएका विदेशी नागरिकलाई काम दिने भन्ने स्पष्ट मापदण्ड नबन्दा दक्ष नेपाली जनशक्ति पलायन भएका छन् भने विदेशीले सजिलै श्रम स्वीकृति पाइरहेका छन्। नेपालमा उत्पादन भएको दक्ष जनशक्तिलाई बेवास्ता गर्दै सामान्य कामका लागि समेत…

भक्तपुर अस्पतालका बिरामीलाई फलफूल वितरण

भदौ २४, २०७५ - आइतवार

भक्तपुर, २४ भदौ – नेपाली काङ्ग्रेस भक्तपुरले आज भक्तपुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ। विश्वेश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको काङ्ग्रेसका जिल्ला सचिव उद्धव सिलवालले बताए। सो कार्यक्रमका वक्ताहरुले काङ्ग्रेसले बिपीको मेलमिलापको नीतिलाई अवलम्वन गरेर जान सक्नुपर्ने आवश्यकता औल्याएको थियो।

काठमाडौँको नयाँ बसपार्कस्थित गेष्ट हाउसमा २१ बर्षिय युवा मृत फेला

भदौ २४, २०७५ - आइतवार

काठमाडौँ, २४ भदौ । काठमाडौँको नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा युवा मृत अवस्थामा फेला परेका छन् । काठमाडौं टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित पूर्बेली गेष्ट हाउसमा पोखरा घर भएका २१ वर्षका सरोज खत्री मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । गेष्ट हउसमा भदौ १५ गतेदेखि बस्दै आएका खत्री शनिबार मृत अवस्थामा फेला परेका…

​रसुवामा स्याउ उत्पादन घट्यो

भदौ २४, २०७५ - आइतवार

रसुवा, भदौ २४ – रसुवामा स्याउ उत्पादन घटेको छ । जिल्लामा स्याउ उत्पादन गर्ने कृषककोे सङ्ख्यामा वृद्धि हुँदै गएपनि स्याउ उत्पादन भने वर्षेनी घट्दै जाँदा कृषक चिन्तामा परेका छन् । स्याउ उत्पादनका लागि जिल्ला कृषि विकास कार्यलय रसुवाले विरुवा वितरण गर्दै आएको भएपनि स्याउ उत्पादन हुने क्षेत्रमा प्राविधिक नपुग्दा समस्या आएको हो । फूल फुल्ने…