बिबिध

अब ९९ घरसम्मको एकीकृत बस्ती विकास गर्ने जिम्मेवारी स्थानीय तहलाई

कार्तिक २९, २०७५ - बिहिबार

काठमाडौं, २९ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ । प्राधिकरणको आज बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि, २०७५ लाई स्वीकृत गरेको छ । जसमा ९९ सम्मका घरपरिवारको एकीकृत बस्तीमा पूर्वाधारको काम गर्न योजना स्वीकृत भएपछि जिल्ला आयोजना कार्यान्वयन इकाईमार्फत…

चोरीको मोटरसाइकलसहित सुवास तामाङ र प्रदीप नेपाली पक्राउ

कार्तिक २७, २०७५ - मङ्लबार

काठमाडौं– चोरीको मोटरसाइकलसहित काठमाडौंको कालोपुलबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समाचार कक्षका अनुसार प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बा.९६ प ७१७७ नम्बरको मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको अवस्थामा काठमाडौं जोरपाटी बस्ने २१ वर्षीय सुवास तामाङ र काठमाडौं चावहिल बस्ने २१ वर्षीय प्रदीप नेपालीलाई पक्राउ गरेकाे हाे।…

चिनियाँ पर्यटनमन्त्री लुओ काठमाडौँमा, नेपालसँग भए यी महत्वपूर्ण सहमति

कार्तिक २७, २०७५ - मङ्लबार

काठमाडौँ, २७ कार्तिक । चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगङ चार दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् । सोमबार काठमाडौं उत्रिएका उनले मंगलबार नेपाली समकक्षी रविन्द्र अधिकारीसँग औपचारिक भेटवार्ता गरे । भेटका क्रममा नेपाल र चीनबीच थप हवाई उडान गर्ने सहमति भएको छ । आउँदो फेब्रुअरी महिनासम्म हवाइ उडान सुभारम्भ हुने गरी सहमति भएको संस्कृति…

ओली सरकार ठुलो भ्रष्टाचारको पहाडमुनी थिचिन लाग्यो : बाबुराम

कार्तिक २७, २०७५ - मङ्लबार

काठमाडौं। नयाँ शक्ति पार्टीका संयोजक एवम भुतपुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ओली सरकार ठूलो भ्रष्टाचारको पहाडमुनि थिचिन लागेको भन्दै प्रश्न उठाएका छन् । नेपाल एयरलाईइन्सको बिमान खरिद प्रकृयामा ठुलो आर्थीक अनियमितता भएको भन्दै उनले सामाजिक संजाल ट्वीटरमार्फत सत्यतथ्य जानकारी मागेका हुन । अन्नपुर्ण पोस्टमा प्रकाशित समाचार सेयर गर्दै भट्टराईले लेखेका छन; ‘प्रश्न उठ्छ–जहाजको अहिले वास्तविक स्वामित्व…

सूर्यदेवको आराधना गरी मनाइँदै छठ

कार्तिक २७, २०७५ - मङ्लबार

काठमाडौँ– छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो ।…

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन निर्वाचन आयोगले थाल्यो यस्तो तयारी

कार्तिक २६, २०७५ - सोमवार

काठमाडौँ– निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ ।  त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन /अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्को मुलुकमा गएर अहिले अध्ययन…

चिनियाँ राजदूत भन्छिन्, ‘छिट्टै चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी आउँछ’

कार्तिक २६, २०७५ - सोमवार

कार्तिक २६ । नेपालका लागि चिनियाँ राजदूत यु होङले चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी छिट्टै आउने बताएका छन् । आइतबार प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलसँगको भेटघाटमा राजदूत होङले यस्तो बताएका हुन् । उनले नेपालमा कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा पनि अझै बढाइने बताए। धेरै चिनियाँको मनमा रहेको लुम्बिनीलाई विश्वकै…

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा राजन भट्टराई नियुक्त

कार्तिक २६, २०७५ - सोमवार

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन् ।

निर्मलाका हत्यारा नभेट्ने बहुमत सरकार डाडुभरी पानीमा डुबेर मर्नू ! : डा भट्टराई

कार्तिक २५, २०७५ - आइतवार

काठमाण्डौ : पुर्व प्रधानमन्त्री एवम नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले दुई तिहाई बहुमतको ओली सरकारप्रती कटाक्ष गरेका छन । नेकपाका नेताहरुलाई कुर्सीमा बसिरहने नैतिकता नभएको उल्लेख गर्दै उनले शोकसन्तप्त बाबुआमा यसरी धर्नामा बस्न बाध्य हुनु २/३ बहुमतको सरकार डाडुभरी पानीमा डुबेर मर्नु बराबर हैन र ?’ भनी ट्वीटमार्फत् प्रश्न गरेका छन् । भट्टराईले लेखेका छन्; ‘प्रमाण…

ओली सरकारका उपप्रधानमन्त्री भन्छन्; ‘चिनियाँ रेल नेपाल ल्याउन सजिलो छैन’

कार्तिक २५, २०७५ - आइतवार

काठमाण्डु, २५ कात्तिक – उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल हाम्रै जीवनकालमा नआउने बताएका छन् । भारतीय पत्रिका द विकलाई दिएको अन्तर्वार्तामा यादवले नेपालमा चीन र भारतबाट रेल आउन लागेको भए पनि त्यो सजिलो नभएको बताएका छन् । उनले भनेका छन्, ‘यो सजिलो छैन । र मलाइ लाग्दैन मेरो जीवनकालमा यो देखिने छ ।’…

गच्छदारलाई उपसभापति बनाएपछि देउवालाई गगनको यस्तो चेतावनी

कार्तिक २४, २०७५ - शनिबार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनीत गरेकोमा विरोध जनाएका छन् । शनिबार काठमाडौंमा गणेशमान सिंह स्मृति भवनको उद्घाटन कार्यक्रममा नेता थापाले गच्छदारलाई उपसभापति बनाएकोमा विरोध गरेका हुन् । उनले पार्टी नेतृत्वको खुलेर आलोचना गरे । ‘उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गर्ने सभापति शेरबहादुर देउवाको शैली अराजकता हो’, उनले भने, ‘सभापतिको…

कतारबाट गाउँ फर्किए कृष्णप्रसाद, परिवारसँगै बसेर मासिक ५८ हजार

कार्तिक २४, २०७५ - शनिबार

दमौली / विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किनुभयो । छ वर्ष नौ महीना कतार बस्नुभएका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनमा आबद्ध हुनुभएको छ । गैरेले तरकारीखेती र पशुपालनबाट वार्षिक रु सात लाखभन्दा…

शिक्षक सेवा आयोगको वेवसाइट ह्याक

कार्तिक २४, २०७५ - शनिबार

काठमाडौँ : शिक्षक सेवा आयोगको वेबसाइट टिएससी डट जिओभी डट एनपी ह्याक भएको छ। तिहारमा सरकारी कार्यालय बिदा रहेका बेला आयोगको वेबसाइट ह्याक भएको हो । बिहीबार बिहान खोल्दा यो साइट ह्याक भएर एउटा सन्देश छाडिएको अवस्थामा पाइएको छ । विशेष गरी सुरक्षामा लापरबाही गरिँदा नेपाल सरकारका वेबसाइटमाथि ह्याकरले निशाना बनाउँदै आएका छन् । वेबसाइट…

पूर्वमाओवादी कार्यकर्ताद्वारा पत्रकारमाथी छुरी प्रहार, अवस्था गम्भीर

कार्तिक २४, २०७५ - शनिबार

रुकुम– नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल एक समूहकाे सांघातिक आक्रमणमा  घाइते भएका छन् । नेपाल प्रेस युनियनले एक विज्ञप्तिमार्फत नेकपामा क्रियाशिल रहेका पूर्व माओवादी नेता कार्यकर्ताहरुको समुहले खनाललाई छुरी प्रहार गरि गम्भिर घाइते बनाएको आरोप लगाएको छ । खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित…

डा बाबुराम भट्टराईले यसरी मनाए भाईटिका(तस्विरसहित)

कार्तिक २३, २०७५ - शुक्रबार

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीका लगाएका छन् । दिदीबहिनी र दाजुभाइ वीचको स्नेह र सद्भावको यो सांस्कृतिक पर्वले समाजमा स्नेह र सद्भावको संचार पैदा गर्ने भट्टराईले विश्वास व्यक्त गरेका छन् । भट्टराईले सामाजिक सन्जालमा तस्विर पोस्ट गर्दै भाइटीकाको उपलक्ष्यमा टीका ग्रहण र…