पत्रपत्रिका

काङ्ग्रेसमा एकले अर्कोलाई असफल पार्न यस्तो खेल !

मंसिर २७, २०७५ - बिहिबार

काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुन एकदिन मात्र बाँकी रहे पनि पार्टी विधानमा शीर्ष नेताबीच समझदारी बन्न सकेको छैन। शुक्रबारबाट काठमाडौंमा सुरु हुने कांग्रेस महासमिति बैठकको मुख्य अजेन्डा नै नयाँ संविधानअनुसार पार्टीको सांगठनीक संरचना बनाउनु हो। नेताहरुको गुटगत र व्यक्तिगत स्वार्थका कारण मंसिर १३ देखि जारी केन्द्रीय समिति बैठकले विधान संशोधनको प्रस्ताव पारित…

सार्वजनिक वसमा पकेट मार्दै हिँड्ने लामा पक्राउ

मंसिर २७, २०७५ - बिहिबार

गौशाला / सार्वजनिक वसमा पकेट मार्दै हिँड्ने एक जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ। महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले बुधबार चक्रपथ परिक्रमा गर्ने सार्वजनिक बसमा सवार यात्रुको गोजीमा रहेको नगद रु. २६ हजार रूपैयाँ पाकेट मार्ने सिन्धुपाल्चोक, लिसंखु गाउँपालिका ३ घर भई ललितपुर, ग्वार्को बस्ने विजय लामालाई पक्राउ गरेकाे हाे। प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेकाे…

बालबालिका अझै त्रिपालको टहरामा, २६ करोडको जस्ता खिया लागेर सड्दै

मंसिर २७, २०७५ - बिहिबार

भूकम्प गएको साढे तीन वर्ष भइसक्यो। तर, क्षतिग्रस्त सामुदायिक विद्यालयका लागि सरकारले भारतबाट झिकाएको करोडौँ मूल्यका जस्तापाता वीरगञ्जमै अलपत्र छन्। ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त राजधानीलगायत पहाडी क्षेत्रका धेरै विद्यालयले उता पुनर्निर्माण पर्खिरहेका छन्। तर वीरगञ्जमा रोकिएका जस्तापातामा खिया लागिसकेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा वीरगञ्जबाट क्रान्ति साहले लेखेका छन्। सरकारको निर्देशनमा साल्ट टे«डिङ कर्पोरेशनले भारतको…

कांग्रेसको नजरमा कुन दल कस्ता ? यस्तो आयो कांग्रेसको व्याख्या

मंसिर २६, २०७५ - बुधबार

कांग्रेसको नजरमा चार धार कांग्रेसले राजनीतिक प्रस्तावमा नेपालमा अहिले चारवटा राजनीतिक धार रहेको टिप्पणी गरेको छ । पहिलोमा आफैँलाई राख्दै राष्ट्रियतासहित स्वतन्त्रताको सार्वभौम सिद्धान्त, लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र मान्ने विचार भएको उल्लेख गरेको छ । दोस्रो, एकदलीय निरंकुशता र जनवादी केन्द्रीयता लागू गर्न चाहने र जनताका स्वतन्त्रतामाथि नियन्त्रण गर्न चाहने कम्युनिस्ट विचारको नेकपा, तेस्रो परम्परावादी राजावादी दक्षिणपन्थी…

कसको मर्यादाक्रम कस्तो ? (सूचीसहित)

मंसिर २६, २०७५ - बुधबार

सरकारले झण्डै एक वर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टीहरू आइरहेका छन्। यसरी असन्तुष्टी जनाउनेमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म छन्। यो खबर आजको समाचारपत्र दैनिकमा गंगा बरालले लेखेका छन्। २०७४ माघ २६ गते सार्वजनिक गरिएको उक्त मर्यादाक्रमको सङ्ख्या २७ रहेको छ। यसअनुसार राष्ट्रपतिको मर्यादाक्रम एक नम्बरमा हुन्छ भने २७ औँ नम्बरमा…

सुन तस्करीको ‘ट्रान्जिट’ बन्दै रसुवाको मालागढी

मंसिर २५, २०७५ - मङ्लबार

रसुवा – तस्करले मालागढीलाई सुन तस्करीको ‘ट्रान्जिट’ बनाउन थालेका छन्। रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन्। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–१ थुमनस्थित मालागढीमा सुरक्षा निकायको उपस्थिति छैन। सोमबार धुन्चेबाट २ केजी सुन सहित थुमनका ३७ वर्षीय निमा दोर्जे तामाङ पक्राउ परेपछि मालगढीबाट सुन तस्करी हुने गरेको खुलेको हो। चीनको केरुङबाट मालागढीसम्म आइपुगेको…

त्रिविका कर्मचारी किन विद्यार्थीको भविष्यसँग जिस्कन्छन् ?

मंसिर २५, २०७५ - मङ्लबार

काठमाडौँ, २५ मंसिर । कोठा नम्बर १८ को झ्याल नजिकै आँसु पुछिरहेकी थिइन् विनिता बस्नेत। ट्रान्सक्रिप्ट माग्दा उल्टै झपारेपछि उनको चित्त दुख्यो। आँसु बग्यो कार्यालय परिसरभित्रै। कर्मचारी रिसाउँदै भन्दै थिए, ‘किन बारम्बर आइरहनुहुन्छ ? यहाँ कराएर मात्रै हुन्छ ? ’ आफूभन्दा एक हप्तापछि बुझाएको साथीले ट्रान्सक्रिप्ट पाए। तर उनले पाइनन्। उनी धेरै बेर आँसु झार्दै…

मिडियालार्इ अंकुश लगाउँदै प्रदेश ३ सरकार

मंसिर २५, २०७५ - मङ्लबार

मकवानपुर – प्रदेश ३ सरकारले सञ्चारमाध्यमको दर्ता खारेज गर्ने र पत्रकार तथा सञ्चालकलाई जेल हाल्न सक्ने प्रावधानसहितको कानुन लागू गर्ने भएको छ। प्रदेशसभाबाट पारित प्रदेश सञ्चार व्यवस्थापनसम्बन्धी विधेयकअनुसार इजाजतपत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्तो व्यक्तिलाई जरिवाना र एक वर्षसम्म कैद वा दुवै हुनेछ। दफा ४६ को उपदफा १ मा कसैले इजाजतपत्र नलिई…

देउवाले कार्याकाल लम्ब्याउने आशंकासहित पौडेल पक्षको यस्तो दबाब

मंसिर २४, २०७५ - सोमवार

काठमाडौँ — कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल १४ औं महाधिवेशन प्रक्रिया सुरु गर्न नेतृत्वलाई दबाब दिएको छ । सभापति शेरबहादुर देउवाले ‘विशेष परिस्थिति’ को कारण जनाएर थप एक बर्ष कार्यकाल लम्ब्याउन खोजेको आशंकासहित पौडेल पक्षले यस्तो दबाब दिएको हो । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आइतबार बसेको पौडेल पक्षको बैठकले देउवाले थप एक वर्ष कार्यकाल…

डा. भट्टराईलाई किन दिए च्याँख्ला, पीठो र गुन्द्रुक उपहार ?

मंसिर २४, २०७५ - सोमवार

खोटाङ — पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मकैको च्याँख्ला, कोदोको पीठो र गुन्द्रुक उपहार दिइएको छ ।  पाँच दिनका लागि खोटाङ आएका नयाा शक्ति पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री भट्टराईलाई यस्तो उपहार दिइएको हो । कारोवार दैनिकमा खवर छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष निर्मल राईले मकैको च्याँख्ला, श्रीमावि बास्बोटेका…

शिक्षाको २५ वर्षे राणनीति तयार, के छ रणनीतिमा ?

मंसिर २४, २०७५ - सोमवार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २५ वर्षे शिक्षा रणनीति तयार गरेको छ। उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षाको समग्र अवस्था अध्ययन गरी २५ वर्षे रणनीति तयार गरेको हो। २४ सदस्यीय आयोगले प्रारम्भिक प्रतिवेदन तयार गरी प्रदेश स्तरमा १३ हजार सरोकारवालासंग सुझाव लिएपछि २५ वर्षे शिक्षा नीति तयार गरेको हो। यो खबर आजको समाचारपत्र दैनिकमा ईश्वराज ढकालले…

नेपालमा फेरी ८ रेक्टरको भूकम्प आउने भारतिय वैज्ञानिककाे दावी

मंसिर २३, २०७५ - आइतवार

काठमाडौं । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् ।अाजकाे राजधानी दैनिकले छापेकाे छ । जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो…

नेपालको हिमालय क्षेत्रमा ८.५ म्याग्निच्युडको महाभूकम्प जाने निश्कर्ष

मंसिर २२, २०७५ - शनिबार

भारतीय वैज्ञानिकहरुको एक अध्ययनले नेपालसहितको हिमालय क्षेत्र इतिहासकै सबैभन्दा ठूलो भूकम्पको जोखिममा रहेको औंल्याएको छ। जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिर्सचका लागि भूगर्वविद् सीपी राजेन्द्रले नेतृत्व गरेको अनुसन्धानले निकट भविष्यमा यो क्षेत्रमा ठूलो भूकम्प जान सक्ने उल्लेख गरेको हो। ‘दक्षिण एशियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८.५ म्याग्निच्युडको भूकम्प जान सक्छ’, बेंग्लोर आधारित…

सांसदलाई डेरा छैन, मन्त्रीलाई घरैघर

मंसिर २२, २०७५ - शनिबार

संघीय समाजवादी फोरमकी समानुपातिक सांसद् कलुदेवी विकले जेठ २१ गते संसद् बैठकको विशेष समयमा भनिन्, ‘सबैभन्दा बढी छुवाछूत काठमाडौंमा रहेछ। हामीले एक महिना भयो कोठा पाएका छैनौँ।’ यो विषयमा त्यसपछि केही दिन सदनमा चर्चा भयो। भैँसेपाटीमा सांसद आवास बनाउन संसद् सचिवालयको नाममा रहेको १ सय ४९ रोपनी चार आना जग्गामा आवास बनाउनुपर्नेमा सरकार र संघीय…

रेल किन्दै नेपाल, अब नेपालकै गुड्नेछ रेल

मंसिर २१, २०७५ - शुक्रबार

काठमाडौं : सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ। भारतीय सहयोगमा निर्मित ३४ किमि दूरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ। यसअघि भारतबाट भाडामा रेल ल्याएर मंसिरदेखि रेल सञ्चालन गर्ने तयारी थियो। ‘मंसिरमा रेल चलाउने तयारी थियो। तर रेल नहुँदा समस्या भयो’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भने, ‘रेल लिजमा लिने कि…