राजनीति

काङ्ग्रेस महासमिति बैठक बस्ने स्थान परिवर्तन

मंसिर २२, २०७५ - शनिबार

काठमाडौं : नेपाली कांग्रेसले महासमिति बैठक काठमाडौंको रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसमा गर्ने भएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मंसिर २८ देखि पुस ३ गतेसम्म हुने महासमिति बैठकका लागि यलम्बर पार्टी प्यालेस बुकिङ गरिसकिएको छ। बैठकका लागि केन्द्रीय कार्यालयका प्रतिनिधिसहित काठमाडौं, ललितपुर र भक्तपुर कांग्रेसका पदाधिकारीसहित बुधबार तयारी बैठक बसेको शर्माले बताए। यसअघि महासमिति बैठक…

ललितपुरको भैंसेपाटीमा मन्त्री अावास बनाउने मन्त्रिपरिषद्‍को निर्णय : यस्ता छन १० निर्णय

मंसिर २०, २०७५ - बिहिबार

काठमाडौं : साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले मन्त्रिहरूकाे सरकारी निवास सार्ने निर्णय गरेकाे छ । ललितपुरस्थित पुल्चाेकमा रहेकाे हालकाे मन्त्रीक्वाटरलार्इ विशिष्ट पाहुनाकाे अतिथिगृह बनाउने निर्णय सरकारले गरेकाे छ । अब मन्त्रीहरूकाे सुविधासम्पन्न क्वाटर भैसेपाटीमा बन्ने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल प्रसाद बांस्काेटाले जानकारी दिए। मन्त्रपरिषद्ले गरेका निर्णयहरू निम्नानुसार छन्ः १. प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल…

एराप्रपा राष्ट्रवादीले ३ नंवर प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण गर्ने

मंसिर १९, २०७५ - बुधबार

काठमाडाैं । एकीकृत राप्रपा (राष्ट्रवादी) ले प्रदेश नं ३ को कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । मंसिर २२ गते शनिवार २ बजे अर्पण पार्टी प्यालेस वानेश्वरमा पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उदघाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रदेश नं ३ को १३ वटै जिल्लाबाट प्रतिनिधित्व रहने महामन्त्री एवम् प्रदेश नं ३ का…

अब ४ दिनपछि ओली सरकारलाई दिएको समर्थन फिर्ता

मंसिर १८, २०७५ - मङ्लबार

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शिर्ष नेता लक्ष्मणलाल कर्णले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै नेता कर्णले अबको चार दिनपछि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्। ‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन। पार्टीको आगामी बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ’,…

काङ्ग्रेसमा पदाधिकारी संख्याबारे बहस जारी, केन्द्रीय समिति केही दिन लम्बिने

मंसिर १८, २०७५ - मङ्लबार

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ ।  यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधानको मस्यौँदामाथिको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । सोमबारसम्म ३१ केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसक्नुभएको पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । काङ्ग्रेसले…

नेकपा ३ नंवर प्रदेश कमिटिका सदस्यको नामावली सार्वजनिक (नामसहित)

मंसिर १७, २०७५ - सोमवार

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गत १२ गते बसेको सचिवालय बैठकले तय गरेको ३ नंवर प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक भएको छ । नेकपाले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज भने तोकिसकेको थियो । यद्यपी नेकपाले   केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न भने…

काङ्ग्रेसले गर्‍यो ओली सरकारको प्रशंसा..

मंसिर १६, २०७५ - आइतवार

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउनु सुखद् भएको टिप्पणी गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आईतबार बसेको बैठकले सरकारले हालै घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम सुखद र सकारात्मक रहेको जनाएको हो । तर यसको प्रचार शैली भने अनावश्यक र भड्किलो भएको भन्दै काँग्रेसको आपत्ति छ । सामाजिक…

तीन राप्रपा एक भएपछी देशकै ठुलो शक्ती बन्छौँ: लोहनी

मंसिर १६, २०७५ - आइतवार

काठमाडौं, १६ मंसिर । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामीबीच एकताको छलफल चलिरहेको छ ।’ आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष लोहनीले तीनवटै राप्रपाबीच एकता भयो भने ठूलो शक्ति हुने…

राजनितिमा नरहरी आचार्यको सकृयता बढ्यो, पार्टिको राजनीतिक दस्ताबेज लेख्ने जिम्मा

मंसिर १४, २०७५ - शुक्रबार

काठमाडौं । झण्डै चार वर्षदेखि सक्रिय राजनीतिमा नरहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्य राजनीतिक दस्तावेज लेखनमा जुटेका छन् । आसन्न महासमिति बैठकमा पेश गरिने राजनीतिक प्रस्ताव लेख्न कांग्रेसले उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा समिति बनाएको छ । सातै प्रदेशमा कार्यक्रम गरेर सुझाव संकलन गरेको समिति अहिले मस्यौदा बनाउन जुटेको छ । समितिका एक सदस्यका अनुसार…

कमल थापाद्वारा ९ जना सहायक-महामन्त्री र १ सहायक-कोषाध्यक्ष मनोनयन

मंसिर १३, २०७५ - बिहिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको सहायक महामन्त्रीहरु नियुक्त गरेका छन् । बिहीवार पार्टीका प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पार्टीको विधान बमोजिम अध्यक्ष कमल थापाले पार्टीका सहायक महामन्त्रीहरुमा नियुक्त गरेको जानकारी दिएका छन । पार्टीको सहायक महामन्त्रीहरुमा भक्तिप्रसाद सिटौला (झापा), केदारनाथ कोइराला (मोरङ्ग), राजाराम बर्तौला (मकवानपुर), बसन्तमान सिंह अधिकारी (संखुवासभा), ईन्द्र चित्रकार…

काङ्ग्रेसमा अब दोहोराएर समानुपातिक उमेदवार बन्न नपाउने, टिकट बिक्री रोक्न यस्तो ब्यबस्था

मंसिर १३, २०७५ - बिहिबार

काठमाडौं – नेपाली काङ्ग्रेसमा दोहोराएर समानुपातिकको अबसर नपाउने ब्यबस्था प्रस्ताव गरिएको छ । कांग्रेसको संशोधित विधान मस्यौदामा आरक्षणको सुचिमा परि एकपटक निर्वाचित भैसकेको व्यक्ति लगातार पुनः सुचिमा नराख्न प्रस्ताव गरिएको हो । मस्यौदामा निर्वाचनको बेला मनोनयन गर्नु एकमहिना अघि नै उमेद्वारबारे निर्णय गरिसक्नुपर्ने प्रस्ताव छ । यसअघि काग्रेसको उमेद्वारी दर्ता गर्ने केही घण्टा अघिसम्म उमेद्वारबारे…

नेपाली काङ्ग्रेस(बिपी)को बटमलाईन : हिन्दु राष्ट्र पुनर्स्थापना र संघियता खारेजी

मंसिर १२, २०७५ - बुधबार

काठमाण्डौ : हरिबोल भट्टराई नेतृत्वको नेपाली काग्रेस विपीले देशको अस्थिर राजनीतिलाई निकास दिन र आर्थिक क्रान्ति तथा विकसित राष्ट्र निर्माणको लागि हिन्दु राष्ट्र पुनर्स्थापना र संघियता खारेजी हुनुपर्नेमा जोड दिएको छ । काग्रेस विपीको मङ्सिर ८ गते देखि १० गते सम्म कार्यवाहक सभापति झलकनाथ वाग्लेको सभापतिमा बसेको केन्द्रिय समिति भातृ संघ र सुभेच्क्षुक संस्थाको सयुक्त…

यस्तो छ नेविसंघ महाधिवेशनको कार्यतालिका

मंसिर ११, २०७५ - मङ्लबार

काठमाण्डौ, ११ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन पुस २८, २९ र ३० गते हुने भएको छ। नेविसंघले काठमाण्डौमा पत्रकार सम्मेलन गरी १२ औं महाधिवेशनको मितिसहित कार्यतालिका सार्वजनिक गरेको हो । पुस २० गतेसम्म महाधिवेशनको प्रतिनिधि चयन भैसक्नेछन् । माउ पार्टी नेपाली कांग्रेसले दिएको समय दुई महिनाभित्रै पूरा…

एराप्रपा राष्ट्रवादी निकट बिधार्थी संगठनको अध्यक्षमा रबिन थापा चयन

मंसिर १०, २०७५ - सोमवार

काठमाण्डौ : एराप्रपा(राष्ट्रवादी)को भातृ संगठन राष्ट्रवादी बिधार्थी संघले नया कार्यसमिति गठन गरेको छ। महामन्त्रि एवम बिधार्थी संयोजक केशव श्रेष्ठको प्रमुख आतिथ्यतामा वसेको वैठकले रविन थापालाइ अध्यक्षमा चयन गरेको हो। यस्तै उपाध्यक्षमा जेपी वगाले, सुसेन पोखरेल, महामन्त्रीमा शुरज पौडेल,विजय काफ्ले, सहमहामन्त्रीमा दिपेन्द्र अधिकारी,किसोर लामिछाने,कोषाध्यक्षमा निशा तामाङ र सदस्यहरूमा मनोज लोहनी, मदन श्रेष्ठ, मनिष भट्टराइ, प्रकाश खनाल…

नेकपा शीर्ष नेतामा मतभेदः कुन नेता कता ?

मंसिर ९, २०७५ - आइतवार

काठमाण्डौ : नेकपा सचिवालय बैठकमा पोलिटब्युरो गठन पहिले कि केन्द्रीय सदस्यको कार्यविभाजन भन्नेमा शीर्ष नेताहरूको मत बाझिएको छ। अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनालको मत फरक–फरक आएको हो। नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्। ओली र प्रचण्ड केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याएर पोलिटब्युरो गठन गर्ने पक्षमा छन् भने…