बिहिबार, अशोज २, २०७६
चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने -

चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने



काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी दिएको हो ।

केन्द्रीय बैंकका अनुसार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी मङ्सिर २४ गते परिपक्व हुनेछ ।

यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ । सो बिल भदौ २३ गते परिपक्व हुनेछ । बैंकले भदौ १६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology