बिहिबार, अशोज २, २०७६
डिजेल र पेट्रोलको मूल्य घट्यो -

डिजेल र पेट्रोलको मूल्य घट्यो



काठमाडौँ : नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology