सोमवार, फाल्गुन ५, २०७६
चिलिमे जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा मिश्र नियुक्त - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

चिलिमे जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा मिश्र नियुक्त



नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुवास मिश्रलाई नियुक्त गरेको छ ।

प्राधिकरणले ५१ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीमा ११औ तह (निर्देशक) का मिश्रलाई नियुक्त गरेको हो । माधव काेइराला प्राधिकरणमा फिर्ता भएपछि याे पद रिक्त थियाे । मिश्र कुलेखानी तेस्रो जलविद्युत आयोजना प्रमुख हुन् । उनकै सक्रियतामा निर्माण सुरु भएको १२ वर्षपछि चालू वर्षदेखि कुलेखानी तेस्रो सञ्चालनमा आएको छ । चिलिमेकाे सिइओ नियुक्तीको पत्र बुझ्न प्राधिकरणबाट खबर आएको मिश्रले बताए ।

‘अहिले पनि म कुलेखानी तेस्रो कै काममा व्यस्त छु, ’उनले भने, ‘प्राधिकरणबाट पत्र बुझ्न आउनु भन्ने खबर पाएको छु । सम्भव भएसम्म आजै पत्र बुझ्छु ।’ उनले आज पत्र बुझे पनि केही दिनपछि मात्रै पदभार ग्रहण गर्ने बताए । अझै एक साता कुलेखानी तेस्रोको काम गर्ने बताए ।

कुलेखानी तेस्रो चिनियाँ ठेकेदारले प्राधिकरणलाई हस्तान्तरण गर्न बाँकी छ । चिनियाँ टोली आएर केही उपकरणको परीक्षण गरेपछि औपचारिकरुपमा आयोजना हस्तान्तरण हुने उनले बताए । मिश्रलाई चिलिमेअन्तर्गत निर्माणाधीन २ सय ७० मेगावाटका आयोजना सम्पन्न गर्ने तथा नयाँ आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने जिम्मेवारी छ । मिश्रले २०५१ सालमा इन्जिनियरको रुपमा ७ तहबाट विद्युत प्राधिकरणमा सेवा सुरु गरेका थिए ।

उनी इलेक्ट्रिकल इन्जिनियर हुन् । उनले भारतको इलाहाबाद विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरेका हुन् । चिलिमेमा यसअघि सिइओको जिम्मेवारीमा रहेका कोइराला प्राधिकरण फर्किसकेका छन् । १२ तहमा बढुवा भएपछि उनलाई प्राधिकरणमा फिर्ता बोलाइएको थियो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology