आइतवार, फाल्गुन ११, २०७६
ह्वात्तै घट्यो प्याजको मूल्य, पहिलेभन्दा आधा नै कम - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

ह्वात्तै घट्यो प्याजको मूल्य, पहिलेभन्दा आधा नै कम



भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ।

एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको छ। वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिकलिो १ सय रुपैयाँमा किनबेच भइरहेको छ। काठमाडौंस्थित कालीमाटी तरकारी बजमार भने बिहीबार किलोको १ सय ३० रुपैयाँ थियो। कालीमाटीमा साताअघि (१६ पुस) भारतीय प्याजको मूल्य १ सय ९५ थियो।

‘एक सातादेखि प्याज आयात खुकुलो भएको छ र भारतमै मूल्य घटेको छ,’ कालीमाटीका प्याजका थोक बिक्रेता प्रकाश गजुलरेलले भने, ‘यसको फाइदा नेपाली उपभोक्ताले पाएका छन्।’

व्यवसायीका अनुसार भारतमै सस्तिन थालेपछि केन्द्र सरकारले निर्यातमा कुनै बाधा गरेको छैन। यसका कारण नेपालमा दैनिक ५० टन आयात भइरहेको छ।

भारतीय विश्लेषकले अहिलेकै दरमा किसानको उत्पादन बजारमा ल्याइए एक महिनाभित्रै प्याजको खुद्रा मूल्य ३० भारुसम्म झर्न सक्ने अनुमान गरेका छन्।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology