लिखित परीक्षाको नतिजा प्रकाशित

काठमाडौँ– नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फका प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक  पदमा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।

नेपाल प्रहरीद्वारा गत साउन ३१ गते प्रकाशित बिज्ञापनअनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको  लिखित परीक्षाको नतिजा बुधबार प्रकाशित गरिएको हो ।

उक्त परीक्षामा उत्तीर्ण हुने सम्बन्धित उम्मेदवारहरुको विवरण तथा विशेष स्वास्थ्य परीक्षणको तालिका नेपाल प्रहरीको वेवसाईटमा समेत राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास विभाग भर्ना तथा छनौट शाखाले जनाएको छ  ।

प्राविधिक तर्फ विभिन्न समूह अन्तर्गतका प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरुको लिखित परीक्षाको नतिजा तथा विशेष स्वास्थ्य परीक्षण परीक्षाको तालिका सम्बन्धी सूचना (२०७४–१०–२४)

प्रतिकृया दिनुहोस