मौसमीले प्रेमीसँग बिहेको कुरा गर्दा दिपककी श्रीमतीले मानिनन् तर दीपकराजले सहर्ष स्विकार्दै छोरी ज्वाईलाई अपार्टमेन्ट गिफ्ट दिए

काठमाडौँ । हास्यकलाकार दिपकराज गिरीले आफ्नी एक्ली छोरी मौसमी गिरीको धुमधामका साथ बिहे गरिदिएका छन् ।

नुवाकोट विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशील पण्डितलाई हात सुम्पिएका दीपकले आफ्ना छोरी ज्वाईलाई काठमाडौंमा अपार्टमेन्ट गिफ्ट दिने भएका छन् ।

मौसमी र सुशीलबीच तीन वर्ष पुरानो प्रेम विवाहलाई सहज रुपमा स्विकार्दै छोरीले नै खाजेका युवकलाई हात सुम्पिएपछि मौसमी पनि खुशी छिन् ।

उनीहरु अध्ययनका लागि भारतमा रहँदा प्रेममा परेको र दिपककी श्रीमती र बुवाआमा यो विवाहको विपक्षमा रहँदा रहँदै पनि दिपकराजले उक्त सम्बनधलाई सहजै स्विकारेपछि कुरा अगाडी बढेको मौसमी बताउँछिन् ।

दिपककी छोरी मौसमी अहिले नर्सिङ अध्यापन गरिरहेकी छिन् भने उनका पति एमबीए अध्ययनरत छन् ।

प्रतिकृया दिनुहोस