बिहिबार, अशोज २, २०७६
नयाँ “भद्रगोल” आएपछि जिग्री-पाँडे आक्रोसित , अदालत जाने -

नयाँ “भद्रगोल” आएपछि जिग्री-पाँडे आक्रोसित , अदालत जाने



नेपाल टेलिभिजनबाट प्रसारित हुने चर्चित हास्य टेलिशृंखला भद्रगोलका कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले मिडिया हबले अन्याय गरेको भन्दै अदालत जाने बताएका छन् ।

करीब चार वर्ष अघि कुमार कट्टेल र अर्जुन घिमिरेको समूहले शुरु गरेको यो हाँस्य टेलिशृंखला हिजोदेखि नयाँ कलाकार सहित मिडिया हबले प्रसारणमा ल्याएको छ ।

यो नयाँ भाग प्रसारण भएदेखि मिडिया हब र जेपिटी (जिग्री पाँडे टिम) क्रियशनकोे विवाद सतहमा देखिएको छ ।

भद्रगोलको नयाँ कलाकार सहित प्रसारित नयाँ भागमा पुरानै भद्रगोलको निरन्तरता हो भनेर देखाउन खोजिएको छ । यसले पुराना समूह चिढिएका छन् ।

भद्रगोलका कार्यक्रमका अर्का परिकल्पनाकार, लेखक तथा कलाकार जिग्रीले भने, “हामी सर्जकलाई ढाँटेर, छलेर मिडिया हबले भद्रगोल आफ्नो ट्रेडमार्क बनायो । पारिश्रमिक पनि दिएको छैन । हुँदा हुँदा हिजोको नयाँ एपिसोडमा हामीले निर्माण गरेको पुरानो भागको क्लिप समेत राखेछ । त्यसको शीर्ष गीत समेत सर्जकलाई थाहा नदिई राखेको रहेछ । यो त ज्यादती नै भयो नि । यो ज्यादतीको विरुद्ध हामी भोलि अदालत जाँदैछौं ।”

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology