बिहिबार, साउन २, २०७६
भूकम्पमा परी १२ को मृत्यु, सयभन्दा बढी घाइते -

भूकम्पमा परी १२ को मृत्यु, सयभन्दा बढी घाइते



सिचुआन – चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीका अनुसार भूकम्पका कारण कम्तीमा सय घाइते छन् ।

चिनियाँ सञ्चारमाध्यका अनुसार प्रान्तीय राजधानी छेङ्दुबाट दक्षिण पूर्वमा पर्ने यिविनमा ६ म्याग्निच्युडकोभूकम्प गएको हो । सोमबार अबेरको भूकम्पलगत्तै दर्जनौं पराकम्प गएका बीबीसीले उल्लेख गरेको छ ।

टेलिभिजनमा प्रसारित दृश्यहरूमा सुरक्षाकर्मीहरूले भूकम्पका कारण भत्केका भवनका पुरिएकाहरूको उद्धार गरिरहेका देखिन्छन् । भूकम्पपछि घरहरू भत्केपछि कम्तीमा ४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चिनियाँ सेन्ट्रल टेलिभिजनले भूकम्पपछि कपितय स्थानमा पहिलो गएको र सडकहरू अवरुद्ध भएका दृश्यहरू प्रसारण गरेका छन् । समाचार संस्था सिन्हवाका अनुसार यिविन र छुयोङबीचको मुख्य राजमार्गसहित कम्तीमा कैयौं सडक अवरुद्ध छन् ।

छेङ्दुबाट करिब ३ सय किलोमिटर टाढा भूकम्प जानुअघि एक मिनेट चेतावनीमूलक साइरन बजेको सिन्हवाले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचानलन गरिएको जनाइएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology