सोमवार, फाल्गुन ५, २०७६
कुबेतमा ४ नेपाली कामदारको मृत्यु, केही वेपत्ता - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

कुबेतमा ४ नेपाली कामदारको मृत्यु, केही वेपत्ता



कुवेतको मुतलास्थित निर्माण क्षेत्रमा ढिस्कोले पुरिएर ४ नेपालीको मृत्यु भएको छ । अन्य केही हराइरहेका छन् । बम पड्काएर ढुङ्गा फुटाउने क्रममा भएको दुर्घटनामा ४ नेपालीको शव निकालिएको अरब टाइम्सले जनाएको छ ।

नेपाली श्रमिकहरु गहिरो स्थानमा रहेका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको जनाइएको छ ।

स्थानीय सुरक्षाकर्मीले दुर्घटनामा परेका कामदारको यकिन संख्या सार्वजनिक गरेका छैनन्। घटनास्थलमा सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।

कुवेतका सार्वजनिक निर्माण तथा आवास मामिला राज्यमन्त्री डा. राणा अल फरिसले घटनाको छानबिन गर्न आदेश दिएका छन्।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology