बुधबार, चैत्र २६, २०७६
कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु



काठमाडौँ- कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ।

पूर्व गोर्खा सैनिक ६६ वर्षीय लीलाबहादुर राईको कोभिड १९ बाटै मृत्यु भएको पुष्टि उनी उपचार गराइरहेको अस्पतालले शुक्रबार दिएको छ।

उनी सपरिवार लण्डनको उत्तरपश्चिमको ह्‌यारो सहरमा बस्दै आएका थिए। बेलायतबाट प्रकाशित हुने वीनेपाली डट कमका अनुसार राईको निधनको तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो।

मधुमेह र उच्च रक्तचापबाट पीडित राईको दुई वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो। मंगलबार दिउँसो चार बजेतिर अचानक सिकिस्त भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। उनलाई सोही दिन साँझ आठ बजे चिकित्सकले मृत घोषणा गरे पनि शुक्रबारमात्र अस्पतालले मृत्युको कारण कोभिड १९ रहेको घोषणा गरेको थियो। अहिले राईको सबै परिवारलाई आइसोलेसनमा राखिएको छ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology