मोदीले ओलीलाई लेखे चिठ्ठी

काठमाडाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेका छन् ।

अाजकाे नयाँ पत्रिकामा खबर छ- नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठ्ठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको बहुआयामिक द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

मोदीले ओलीलाई भारतमा स्वागत गर्न आफू प्रतीक्षारत रहेको पनि चिठ्ठीमा उल्लेख गरेका छन् ।

जवाफमा ओलीले बर्धाइ तथा शुभकामना दिएको मोदीलाई धन्यवाद दिँदै उपयक्त समयमा भारत भ्रमण गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस