बिहिबार, अशोज २, २०७६
विखण्डनकारी शक्तिसँग सहमति गरेर सरकारले गल्ती गर्‍यो: डा लोहनी (भिडियो) -

विखण्डनकारी शक्तिसँग सहमति गरेर सरकारले गल्ती गर्‍यो: डा लोहनी (भिडियो)



काठमाडौं । राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले विखण्डनकारी शक्तिसँग सरकारले सहमति गरेर गल्ती गरको बताएका छन्।

मुलधारको राजनीतिमा आउने सहमित स्वागतयोग्य भए पनि सहमतिको केही बुँदाका कारण आगामी दिनमा थप समस्या आउने लोहोनीको तर्क छ ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै लोहोनीले स्वतन्त्र मधेश गठबन्धन र सरकाबीच भएको सहमतिमा उल्लेख गरिएको जन अभिमतमा आधारित लोकतन्त्रको व्याख्या आफ्नै स्वार्थमा गरिनुले गम्भीर प्रश्न उब्जिएको बताए ।

सिके राउत जानकपुर पुग्दा मधेश स्वतन्त्रताका लागि जनमत संग्रह गर्न सरकार तयार भएको नारा किन लाग्यो भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने लोहोनीको तर्क छ । प्रधानममन्त्री ओलीले नै अराजकताको विधिवत उद्घाटन गरेको लोहोनीको आरोप छ ।

भिडियो :

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology