रोकियो घर-जग्गा कारोबार,अब कृषियोग्य जमिनमा प्लटिङ गर्न नपाइने

जमिनको बर्गिकरण गरेर कृषि योग्य जमिनलाई प्लटिङ गर्न नपाउने निर्णय बारे माउन्टेन टेलिभिजमको कार्यक्रम सत्ता शासनमा कुराकानी गर्दैं भुमिसुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव टिकाराम घिमिरे भन्छन्-‘कृषि योग्य र अयोग्य भनेर सरकारले जग्गाको बर्गिकृत गरेको छ।

अब सरकारको अनुमति नलिइकन जथाभावी प्लटिङ गर्ने,आवश्यक पर्ने भौतिक पूर्वाधारको पनि विकाश नगर्ने,कृषि योग्य जमिनलाई खण्डिकरण गरेर सबै ठाउँमा बस्ती विकाश गर्दै जाने हो भने कृषि प्रधान भनिएको मुलुक खाधान्नको लागी हरेक चिजमा बिदेशी निर्भरता पर्नुपर्ने हुनाले कृषियोग्य जमिनको संरक्षणको लागी भनेर जमिनको कित्ताकाट गर्न प्रतिबन्ध लगाउने निर्णय गरिएको हो।’

सहसिचव घिमिरे भन्छन्- ‘अब कृषियोग्य जमिनको कित्ताकाट हुँदैन।पहाडका र तराईका जमीनहरुमा प्लटिङ गर्न रोकेको कृषि उत्पादन गरिने जग्गाहरुमा वस्ती बसाउन हुँदैन।’

भुउपयोग नक्सा तयार भइसकेको छ। जस अनुसार अबको दिनमा कृषि लेखिएको जमिनमा घर बनाउँन मिल्दैन र घर बनाउँने भनेर लेखिएको जग्गामा खेती गर्न नमिल्ने घिमिरे बताउँछन्।

कृषि प्रधान मुलुक नेपालमा धनियाँ समेत पर्याप्त मात्रामा उत्पादन गर्न नसकेर १२-१४ करोडको धनियाँ भारतबाट आयात गरिने हुनाले खेति योग्य जग्गा बचाउँनको लागी जथाभावी बस्ती बस्नबाट रोकिएको घिमिरेले जिकिर गरे। पाना खवरमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस