आइतवार, चैत्र २३, २०७६
‘बम-सरस्वती स्मृति पुरस्कार’ बाट नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ सम्मानित - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

‘बम-सरस्वती स्मृति पुरस्कार’ बाट नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ सम्मानित



नुवाकोट – धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले २०६ औँ भानु जयन्ती विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । यसै अवसरमा यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गरेको छ ।

श्रेष्ठले नेपाली भाषा र साहित्यको उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै प्रतिष्ठानले नगर रु १० हजार र सम्मान पत्र सहित सम्मान गरेको हो ।श्रेष्ठलाई धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन तथा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मान पछि बोल्दै श्रेष्ठले प्रतिष्ठानले दिएको सम्मानले साहित्य क्षेत्रमा लाग्नका लागि थप प्रेरणा मिलेको बताए । त्यसैगरी यसवर्षको स्थलगत भानु चित्र लेखनमा नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ उत्कृष्ट भएका थिए । श्रेष्ठलाई धौलागिरी साहित्य प्रतिष्ठानले पुरस्कृत समेत गरेको थियो ।

सो अवसरमा सम्मानित श्रेष्ठको ब्याक्तित्व बारे धौलागिरी साहित्य प्रतिष्ठानका सदस्य एबं धौलागिरी बहुमुखी क्याम्पसका उपप्रध्यापक हरी प्रसाद पाण्ड्यले प्रकाश पारेका थिए ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology