शनिबार, फाल्गुन १७, २०७६
पाँच जनालाई साहित्य सन्ध्या पुरस्कार - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

पाँच जनालाई साहित्य सन्ध्या पुरस्कार



काठमाण्डौ – साहित्य सन्ध्याले विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउने पाँच व्यक्तिलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’को घोषणा गरेको छ ।

पन्ध्र हजार पुरस्कार राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान झापाका साहित्यकार, चन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ । यस्तै दश हजार राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार शिक्षासेवी, विष्णुप्रसाद पोखरेललाई र दश हजार राशिकै ‘साहित्य सन्ध्या–कृबा पुरस्कार’बाट स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका दाङका वसन्ता शर्मा आचार्यलाई प्रदान गर्ने भएको हो ।

वर्षभरिमा हरेक महीनाको पहिलो शनिबार हुने विशेष गोष्ठीमध्ये दश पटक सहभागी हुने स्रष्टालाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष काठमाडौँका मुकुन्द न्यौपानेलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।

‘साहित्य सन्ध्या–हरिप्रिया, हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार’बाट साहित्यकार, अच्युत घिमिरेलाई सम्मान गर्न लागिएको साहित्य सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिनुभयो । पुरस्कार आगामी भदौ ७ गते काठमाडौँमा वितरण गरिने जनाइएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology