बुधबार, चैत्र २६, २०७६
रसुवाली कविको आव्हानमा सीमा अतिक्रमणविरुद्ध ‘कविता आन्दोलन’ - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

रसुवाली कविको आव्हानमा सीमा अतिक्रमणविरुद्ध ‘कविता आन्दोलन’



काठमाडौं । भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु गरिएको छ । आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् ।

कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही, महेन्द्र थुलुङ राई, दिपेन सिम्खडा, साहित्यकार रत्नप्रसाद अनामणि, विज्ञान शर्मा, नारायण ढकाललगायतले कविताका माध्यमबाट राष्ट्रियता रक्षाको माग गरे ।

सडक कविता आन्दोलनका अभियन्ता रसुवाली कविले राष्ट्रियता संकटमा परेको बेला सबै कवि, सर्जक एवम् साहित्यकारहरूलाई सडकमा ओर्लिन आह्वान गरेका थिए ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology