३ नंवर प्रदेशको राजधानी नुवाकोट बनाउन सरोकार समाजको अपिल

नुवाकोट एक्स्प्रेस, २७ फागुन : ३ नंवर प्रदेशको अस्थायी राजधानी तोकिएको हेटौडा स्थायी राजधानी बन्ने सम्भावना घट्दै गएको छ । ३ नंवर प्रदेशका अधिकांश जिल्लालाई पायक नपर्ने भएकाले धेरै प्रदेशसभा सदस्यहरु राजधानी परिवर्तन गर्नुपर्ने मनस्थितिमा देखिएका हुन ।

भोली फागुन २८ गते नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटिमण्डपमा हुने ‘नुवाकोट विगत, वर्तमान र भविष्य विषयक वृतचित्र प्रदर्सनी” को बारेमा जानकारी दिन नुवाकोट सरोकार समाजले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सभा सदस्य केशव पाण्डेले भने, हेटौडा प्रदेश राजधानी कायम नहुने त पक्कापक्की नै भयो, अब सबै हिसावले उपयुक्त नुवाकोटलाई प्रादेशिक राजधानी बनाउन पहल गरौँ ।

नुवाकोट बाहिरी जिल्लासँग यायायात सञ्जालमा जोडिएको, रसुवा प्रवेशको नाका यहीँ रहेको, यहाँबाट नै त्रिशूली–छहरे–टोखा, बालाजु–ककनी–त्रिशूली र गल्छी–त्रिशूली सडक सञ्चालनमा, रहेको, अन्तरराष्ट्रिय मार्गका रुपमा रसुवागढी–गल्छी–ठोरी सडक, केरुङ–काठमाडौँ राजमार्ग तथा केरुङ–पोखरा–लुम्बिनी रेलमार्ग सञ्चालनमा समेत नुवाकोटको भूमि प्रयोगमा आउने भएकाले प्रदेश केन्द्रका लागि बलियो आधारको रुपमा रहेको सरोकार समाजका सचिव अनुजकुमार श्रेष्ठ बताउनुहुन्छ ।

नुवाकोट सरोकार समाजको प्रेस बिज्ञप्ती:

“नुवाकोट विगत, वर्तमान र भविष्य विषयक वृतचित्र प्रदर्सनी”

नुवाकोट तिन नम्वर प्रदेसको एउटा पहाडि जिल्ला हो।काठमाडौ उपत्यकाको पस्चिम उत्तर भूगोलमा अवस्थित यो जिल्ला तिन नम्वर प्रदेसको केन्दिय भूगोल मध्येको एउटा भूगोल हो। तिन नम्वर प्रदेसका 13 जिल्लामा नुवाकोट,काठमाडौ उपत्यका र काभ्रेपलान्चोक जिल्ला केन्द्रिय भूगोलका जिल्लाहरू हुन। यि जिल्लाहरूलाई रसुवा,धादिङ,चितवन,मकवानपुर, सिन्धुलि,रामेछाप,दोलखा र सिन्धुपाल्चोक जिल्लाहरूले वरिपरिवाट घेरियर तिन नम्वर प्रदेसको निर्माण भएको छ।

नुवाकोट काठमाडौ उपत्यका जत्तिकै ईतिहास बोकेको जिल्ला हो। वि.सं. 1800 भन्दा अघि नुवाकोट नेपालकै सितकालिन राजधानी सहर हो। मल्लकालभरि नेपाल खाल्डोका मल्लराजाहरू काठमाडौको जाडो छल्न छ महिना सम्म नुवाकोटमानै वसि नुवाकोट वाटै शासन गर्दथे। नुवाकोट दरवार परिसर स्थित हालको साततले दरवारको उत्तरि दिशामा निर्मित पांचतले दरवार हालको गारद घर मल्लकालिन राजदरवार हो भने त्यो संगै पूर्वपट्टीको रंगमहल मल्लराजाहरूको मनोरंजन गर्ने भवन हो। त्यतिखेरका सौखिन मल्लराजाहरू लखनउवाट नतर्किहरू झिकाई यहि रंगमहलमा नाचगानको आनन्द लिने गर्दथे। यो भवन मल्लराजाहरूको नाचघर हो।

वि.सं. 1801 मा राजा पृथ्वी नारायण शाहवाट नुवाकोट विजय गरि नेपाल राष्ट्र निर्माणको श्री गणेस यहि वाट सुरू भएको हो। आधुनिक नेपाल राज्यको निर्माणको सुरूवात नुवाकोटवाटै सुरू भएको हो। नुवाकोट विजय पस्चात गोरखा राज्यको राजधानी नुवाकोट नै वनाई राजा पृथ्वी नारायन शाहवाट नेपाल एकिकरणको 30 वर्षे अभियान नुवाकोट मै बसि सम्पन्न भएको हो। नुवाकोट राजा पृथ्वीनारायण शाहको राज्यकालभरि तत्कालिन नेपालको राजधानी हो। नेपाल एकिकरणको बाकी काम वाहादुर शाहको कार्यकाल भरि नुवाकोट दरवारवाटै सम्पन्न भएको ऐतिहासिक तथ्य छ।

गिर्वाणयुध्द विक्रम शाहको राज्यकाल वि.स. 1850 सम्म नुवाकोट नेपालको दोस्रो राजधानी रहेको ऐतिहासिक प्रमाण छ। ईतिहासका यि तथ्यहरू आज नेपाल पून संरचना हुदै गर्दा एकपल्ट फेरि नेपाली नेतृत्व पंङती समक्ष राख्न जरूरी देखिदै छ।ईतिहासका यि तथ्यहरूलाई यादै नगरि वा तोडमरोड गरि प्रादेसिक राजधानीको खाका कोरिदै छ। भोलि प्रदर्सन गर्न लागिएको वृतचित्र मार्फत ईतिहासका ओझेल परेका यी तमाम तथ्यहरू उजागर गर्न खोज्दै छौ।

नुवाकोटको वर्तमान स्थिती तपाई हामि समक्ष स्पष्ट नै छ। आर्थिक रूपले विपन्न पस्चिम एक नम्वर अती काठमाडौमूखी परनिर्भरताको स्थितीमा छ। पस्चिम एक नम्वर भरी न सरकारी कलेज तथा विस्वविध्यालयको संरचना, न निजी तथा सरकारी मेडिकल कलेज, न हवाई मैदान, न रंगशाला वा खेल मैदान, न सभा सम्मेलन गर्ने अडिटोरिरम हल, न औधोगिक करिडोर वा विषेस आर्थिक क्षेत्र,न फराकिला वाटो ,न ऐतीहासिक धरोहरको पुननिर्माण, न गतिलो पर्यटकिय गन्तब्य। आर्थिक सम्मृध्दिका यी सारा संरचनाको अभावमा नुवाकोट तिन नम्वर प्रदेसकै पिछडिएको भूगोल हो।

नुवाकोट तिन नम्वर प्रदेसको राजधानीको लागी उपयुक्त भूगोल हो भन्ने तथ्य यो बृतचित्र मार्फत देखाउन खोजेका छौ। पत्रकार मित्रहरूको सहयोगको अपेक्षा सहित । धन्यवाद।

रामलाल श्रेष्ठ

संयोजक

नुवाकोट सरोकार समाज

प्रतिकृया दिनुहोस