नुवाकोट रेडक्रसको अध्यक्षमा चित्रकार निर्वाचित, अरु क-कसले जिते ?

नुवाकोट एक्स्प्रेस, २९ फागुन : नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको अध्यक्षमा सुरत बहादुर चित्रकार निर्बिरोध निर्वाचित भएका छन ।

यस्तै सम्पन्न जिल्ला अधिबेशनमा १२ जना सदस्य पदका लागि भएको निर्वाचनमा क्रमश : सीता तामाङ , उद्धव शर्मा रिजाल, हरी श्रेष्ठ , विनोद पाठक, वादलमान श्रेष्ठ,नवराज सुवेदी, निरञ्जनप्रसाद आचार्य, केशव सुवेदी, नारायणबहादुर पाण्डे , र श्रीराम पाण्डे विजयी भएका छन ।

यसैगरी शंकर अमात्य र गोकर्णराज ढकालको मत वरावर भएकोमा गोलाप्रथावाट गोकर्णराज ढकाल विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस