बिहिबार, साउन २, २०७६
मुड्खुभज्याङको कौडा खालामा प्रहरी छापा, नुवाकोटका अशोक तामाङसहित ५ पक्राउ -

मुड्खुभज्याङको कौडा खालामा प्रहरी छापा, नुवाकोटका अशोक तामाङसहित ५ पक्राउ



काठमाडौँ : सोमबार राती कौडा खेलिरहेका पाँचजनालाई प्रहरीले मुड्खु भज्याङ्बाट पक्राउ गरेको छ ।

बालाजु प्रहरीले कौडा खेलिरहेको अवस्थामा काभ्रे, बनेपाका राज तामाङ, उदयपुर, गाइघाटका विमल कार्की, दिपक राई, नुवाकोट, तारकेश्वरका अशोक तामाङ र संखुवासभाका राजु ब्लोनलाई पक्राउ गरि उनीहरुको साथबाट १८ लाख ८७ हजार र दुई थान कौडा बरामद गरेको हो ।

कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलिले नगदसहित रंगेहात पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी बाल नरसिंह राणाले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान अघि बढाइएको छ ।

 

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology