आइतवार, मंसिर २९, २०७६
नुवाकोटको कोल्पुखोला किनारमा बालुवा उत्खनन गर्न खनेको खाल्डोमा डुबेर २ जनाको मृत्यु - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

नुवाकोटको कोल्पुखोला किनारमा बालुवा उत्खनन गर्न खनेको खाल्डोमा डुबेर २ जनाको मृत्यु



नुवाकोट– नुवाकोटमा बालुवा उत्खनन गरेका खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको छ ।

नुवाकोटको ककनी गाउँपालिका वडा नं १ ओखरपौवा स्थित कोल्पुखोला किनारमा अबैध रुपमा बालुवा उत्खनन्को क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुबेर दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

खाल्डोमा जमेकको पानीमा डुबेकी स्थानिय राजेन्द्र बलामिकी १३ वर्षकी छोरी बिनिता बलामीलाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिकाकी ३५ वर्षीय लक्ष्मी तामाङको पनि डुबेर ज्यान गएको नुवाकोट प्रहरीले जनाएको छ ।

साँझ ६ बजेतिर खोला किनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको स्थानीय राजन न्यौपानेले जानकारी दिए ।

गैर-जिम्मेवारी तरिकाले खोलामा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गर्नु र लापरवाही तरिकाले बालुवा जम्मा गर्न खाल्टो खन्ने कार्यको बिरोध गर्दै यस्तो प्रकारका अवान्छित गतिविधि तत्काल वन्द गर्न स्थानीयले प्रशासनसंग माग गरेका छन ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    प्रकाशक / सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology