सोमवार, मंसिर २३, २०७६
विनिता बलामी र लक्ष्मी तामाङको परिवारलाई २५ लाख उपलब्ध गराउने सहमति - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

विनिता बलामी र लक्ष्मी तामाङको परिवारलाई २५ लाख उपलब्ध गराउने सहमति



नुवाकोट – बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु २५ लाख उपलब्ध गराउने सहमति भएको छ । सहमति भएसँगै पीडित परिवारले शव बुझेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ कोल्पुखोला किनारमा अवैधरुपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेर सोमबार स्थानीइवासी १३ वर्षीया विनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिका–३ की ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको थियो । पीडित परिवारले अवैध कार्यमा संलग्न व्यक्तिबाट उचित क्षतिपूर्ति भराउन माग राखेका थिए । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार अवैध बालुवा झिक्न प्रयोग भएको स्काभेटर धनी धादिङको धाक्रे गाउँपालिका–२ का रामकृष्ण रेग्मी, बालुवा झिक्न प्रयोग भएको खेतका धनी ओखरपौवाका मोहनकृष्ण श्रेष्ठ र बालुवा झिक्ने सोही स्थानका राजेन्द्र बलामीबाट क्षतिपूर्ति रकम भराउने सहमती भएको हो ।

पीडित परिवारलाई रेग्मीबाट रु ३३ लाख, श्रेष्ठबाट रु ११ लाख र बलामीबाट रु छ लाख क्षतिपूर्ति भराउने सहमति भएको छ । क्षतिपूर्ति रकममध्ये पीडित परिवारलाई आज रु एक÷एक लाख उपलब्ध गराइएको छ । बाँकी रु २४ लाख ३५ दिनभित्र उपलब्ध गराउने सरोकारवालाबीच सहमति भएको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा लामाले जानकारी दिनुभयो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    प्रकाशक / सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology