बुधबार, फाल्गुन १४, २०७६
नुवाकोटमा आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दो, ३ वर्षमा १५२ ले गरे आत्महत्या - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

नुवाकोटमा आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दो, ३ वर्षमा १५२ ले गरे आत्महत्या



नुवाकोट । गत साउन २० गते नुवाकोटको बेलकोटगढी घर भएका पत्रकार शालिग्राम पुडासैनी झुण्डिएर आत्महत्या गरेको घटनाले निकै चर्चा पायो ।

जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार आत्महत्या गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । गत तीन बर्षमा जिल्लामा १५२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेले जानकारी दिए । वार्षिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा नुवाकोटका ४८ जनाले आत्महत्या गरेका छन्। विष खाएर १२ जनाले, झुण्डिएर २५ जनाले र पानीमा हाम फलेर १ जनाले आत्महत्या गरेका छन्। गत वर्ष २५ जना पुरुष २१ जना महिला र १ बालकले आत्महत्या गरेका हुन्।

आर्थिक वर्ष २०७४/७५ मा ६४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा रहेको छ। त्यस वर्ष विष खाएर ३१, झुण्डिएर ३२ र १ जनाले पानीमा हाम फालेर आत्महत्या गरेका थिए । जस मध्ये महिला ४० र पुरुष २४ जना रहेका छन्।

यस्तै आर्थिक वर्ष २०७३/७४ मा ४० जनाले आत्महत्या गरेका छन्। विष खाएर १०, झुण्डिएर ३० जनाले आत्महत्या गरेका छन् । जसमध्ये पुरुष २२, महिला १५, बालक १ र बालिका २ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेका अनुसार अनुसन्धान गर्दा लैङ्गिक तथा घरेलु हिंसा भोग्नु परेर, पारिवारिक बेमेल, झैझगडा र आवस्यक खिचातानी, शारिरिक तथा मानसिक तनाव भएर, लामो समयसम्म निको नहुने दिर्घ रोग लागेर, आफूले रोजे अनुसार काम नपाएर/नभएर, प्रेममा धोका पाएर, नतिजामुखि प्ररिणाममा सफलता नभएर मान्छेले आत्महत्या गरेको पाइएको बताएका छन्।

विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्षको सेप्टेम्बर १० तारिखको दिन मनाउने गरिएको छ। यस वर्ष पनि ‘आत्माहत्या रोकथाममा मिलेर काम गरौँ’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा महिला बालबालिका संरक्षण सञ्जालले अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology