मङ्लबार, चैत्र ६, २०८०
समाजसेवामा नमुना बन्दै सांसद मैनाली, विपन्न विद्यार्थीलाई अध्ययन गर्न ५० हजार सहयोग - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

समाजसेवामा नमुना बन्दै सांसद मैनाली, विपन्न विद्यार्थीलाई अध्ययन गर्न ५० हजार सहयोग


नुवाकोट – नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित प्रदेश सासंद बद्री मैनालीले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेका छन् । सांसद मैनालीले लिखु गाउँपालिका वडा नं. ६ मा रहेको नेबुला स्कुलमा अध्यनरत छात्र छात्राालाई निशुल्क अध्यापन गराउनको लागि आफुले पाउने संसद सुविधाबाट रू पचास हजारको चेक प्रदान गरेका हुन । सांसद मैनाली उक्त चेक विद्यालय संचालक अर्जुन लामिछानेलाई हस्तान्तरण गरे ।

समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका मैनालीले थानसिंग आपचौरकी ११६ बर्षिया वयो बृद्धा बाटुली लामिछानेलाइ मासिक ५ हजार रूपैयाँ दिदै आएका छन् । लामिछानेलाइ आफू पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने घोषणा मैनालीले गरेका थिए । गत श्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदान गर्दै आएका छन ।

त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौला रोग पिडित अनेरास्ववियुका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि रु २५ हजार रुपैया आर्थिक सहयोग गरेका थिए । सांसद मैनालीले बेला बेलामा अन्यलाई समेत सहयोग गर्दै आर्इरहेका छन् ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक/प्रकाशक : उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    Email –     [email protected],
                    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology