मङ्लबार, चैत्र ६, २०८०
आजवाट नुवाकोटमा विशेष सुरक्षा योजना, साझ ९ बजेपछि होटल-रेस्टुरेन्ट बन्द - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

आजवाट नुवाकोटमा विशेष सुरक्षा योजना, साझ ९ बजेपछि होटल-रेस्टुरेन्ट बन्द


नुवाकोट – जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालु आ.ब  २०७६/७७ को श्रावण र भाद्र महिनामा गरेका काम कारवाहीबारे पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको छ ।

आउदो बडा दशै दिपावली तथा छठ पर्बलाई केन्द्रित गरी आजैबाट जिल्लाभरी विशेष सुरक्षा रणनीति सार्बजनिक गरी प्रारम्भ भएको छ।

आज मिती २०७६।०६।०१ गते जिल्ला प्रहरी कार्यालयको परिसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालु आ.ब.२०७६/०७७ को श्रावण र भाद्र महिनामा गरेका काम कारवाहीको सम्बन्धमा पत्रकार भेटघाट मार्फत सार्वजनिक गरेको छ साथै आउदो बडा दशै दिपावली तथा छठ पर्बलाई केन्द्रित गरी आजै बाट जिल्ला भरी विशेष सुरक्षा रणनीति सार्बजनिक गरी आजै बाट प्रारम्भ गरेको छ।

नुवाकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी वद्री गैरे ,जिल्ला प्रहरी कार्यालयका प्रमुख अवि नारायण काफ्ले, ससस्त्र प्रहरी नुवाकोटका प्र.ना.उ. जनक सापकोटा,राष्ट्रिय अनुसन्धान विभाग नुवाकोटका प्रमुख धिरज बाँनिया,राष्ट्रिय तथा स्थानिय स्तरका बिभिन्न रेडियो टि.भि. तथा पत्र पत्रिकाका पत्रकारहरु,जिल्ला प्रहरी कार्यालयका मातहत प्रहरी युनिट ईन्चाजहरु समेत उपस्थित उक्त कार्यक्रममा जिल्ला प्रहरी प्रमुख अबि नारायण काफ्लेले आज मिति २०७६/०६/०१ गतेदेखि सुरु गरिएको विशेष सुरक्षा योजना कार्तिक ३० गतेसम्म निरन्तर रहने, यस अबधिमा सबै प्रकारका सवारी साधनहरुको चेकजाँचमा कडाइ गरिने, योजनाबद्ध र आकस्मिक रुपबाट सन्दिग्ध स्थानहरुमा सुरक्षा एम्बुस , खानतलासी, पैदल गस्ती, मोबाइल गस्ती ,क्यु.आर.टि.सवारी साधनको व्यापक परिचालन गर्ने, साझ ९:०० बजे पछि होटल – रेस्टुरेन्टहरु पुर्ण रुपमा बन्द गराउने, स्थानीय विभिन्न पत्रपत्रीका तथा एफ. एम. रेडियोहरुबाट सुरक्षा सम्बन्धि सचेतना सामग्री प्रकाशन र प्रशारण गर्ने , जुवा तास नियन्त्रण गर्न बिशेष अभियान चलाउने ,मापसे गरि होहल्ला गर्दै हिड्ने ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम कार्बाही गर्ने ,जिल्लामा रहेका बैक तथा बित्तीय सस्थाहरुको सुरक्षाका लागि उक्त क्षेत्र वरपर सादा पोसाकमा सुरक्षा कर्मीहरु परिचालनगर्ने , सडक बत्ती मर्मत तथा सि.सि. टिभीहरुबाट सुरक्षा निगरानी गर्ने जस्ता कार्यक्रमहरु संचालन गर्ने बताउनु भएको थियो ।

साथै उक्त कार्यक्रममा नुवाकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी वद्री गैरेले जिल्लाको समग्र शान्ति सुरक्षको लागी जिल्ला प्रहरी कार्यालयले गरेका काम कारबाहिको प्रशंसा गर्दै जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षाको लागी गर्नु पर्ने सम्पुर्ण कार्यहरुको लागी प्रतिबद्द रहेको कुरा बताउनु भएको थियो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक/प्रकाशक : उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    Email –     [email protected],
                    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology