बुधबार, चैत्र २६, २०७६
सातविसेमा पनि गोरु जुधाईने - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

सातविसेमा पनि गोरु जुधाईने



नुवाकोट । तादी गाउँपालिका वडा नं ४ सातविसेमा गोरु जुधाई मेला आयोजना गरिने भएको छ ।

नुवाकोट जिल्लाको तारुका, बेत्रावती, घलेभञ्याङ, लिखुको कट्टिछापमा प्रत्येक वर्ष माघ १ गते माघे संक्रान्तिका दिन गोरु जुधाई मेला हुँदै आएको छ ।

सोही मेलालाई निरन्तरता दिदै सातविसेमा पनि यस वर्षबाट गोरु जुधाई मेला आयोजना गर्न लागेको हो ।

स्थानीयको सक्रियता र सोही गाउँपालिकाको सहयोगमा आयोजना हुन लागेको सो मेलाले आगामी दिनहरुमा पनि निरन्तरता पाउने आयोजकले विश्वास लिएको छ ।

कार्यक्रममा प्रतिस्पर्धा गर्न स्थानीय किसानहरुले गोरु दर्ता सुरु गरेको आयोजकले जानकारी दिएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology