आइतवार, फाल्गुन ११, २०७६
सुर्यगढी गाउँपालिकामा पुष २७ गते सार्वजनिक विदा - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

सुर्यगढी गाउँपालिकामा पुष २७ गते सार्वजनिक विदा



चोकदे । नुवाकोटको सूर्यगढी गाउँपालिकाले आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

शुक्रबार सम्पन्न गाउँपालिकाको बैठकले आईतबार विदा दिने निर्णय गरेको पालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभयो ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेको र २५ वर्षसम्म राज्य संचालन गरेको स्मरणमा आईतवार एकीकरण दिवस मनाउन विदा दिइएको गाउँपालिका उपाध्यक्ष मन्जु बुढाथोकीले वताउनुभयो । विदाको दिन गाउँपालिकाको शिक्षा, स्वास्थ्य कार्यालय बन्द हुने बताइएको छ ।

यसअघि विदुर नगरपालिकाले एकीकरण दिवस मनाउन आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology