आइतवार, फाल्गुन ११, २०७६
भद्रुटारका निर्वाचित वडासदस्यले गरे झुण्डिएर आत्महत्या - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

भद्रुटारका निर्वाचित वडासदस्यले गरे झुण्डिएर आत्महत्या



नुवाकोट — पञ्चकन्या गाउँपालिका वडा नंवर ५ भद्रुटारका वडा सदस्य जनार्दन पौडेलले आत्महत्या गरेका छन् ।

शनिबार खेतमा जान्छु भनेर हिँडेका पौडेल आइतबार बिहान घरभन्दा टाढा कटुसको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

पौडेल रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अविनारायण काफ्लेले बताए ।

उनले ०७४ सालको स्थानिय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडा सदस्य जितेका थिए । उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology