सोमवार, फाल्गुन ५, २०७६
दुप्चेश्वर गाउँपालिकाको बेतिनीमा ‘ग्रामीण खोप क्लिनिक’ निर्माण सुरु - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

दुप्चेश्वर गाउँपालिकाको बेतिनीमा ‘ग्रामीण खोप क्लिनिक’ निर्माण सुरु



दुप्चेश्वर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनीस्थित अदुवाबारीमा ‘ग्रामीण खोप क्लिनिक’ निर्माण सुरु गरिएको छ ।

गाउँपालिकाको २३ लाख ५० हजार रुपैयाँ लगानीमा निर्माण थालिएको क्लिनिकको आज गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले पालिका भित्रका नागरिकको स्वास्थ्य सुविधालाई प्रथामिकता दिन आवश्यकताको आधारमा ‘ग्रामीण खोप क्लिनिक’ निर्माण थालिएको उल्लेख गर्नुभयो ।

निर्माण थालेको क्लिनिक भवनलाई तोकिएको समयभित्रै पुरा गरेर सञ्चालनमा ल्याउनको लागी आग्रह गर्दै क्लिनिकको लागी आवश्यक पर्ने अहेब सहितको आवश्यक दरबन्दी अनुसारको कर्मचारी गाउँपालिकाले व्यवस्था गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

अदुवाबारीमा निर्माण थालिएको खोप क्लिनिकले दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनीको विभिन्न तीन वस्तीले प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष ईरमान तामाङले बताउनुभयो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology