सोमवार, फाल्गुन ५, २०७६
नुवाकोट-१ मा राप्रपा (संयुक्त) प्रवेश गर्ने बढे - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

नुवाकोट-१ मा राप्रपा (संयुक्त) प्रवेश गर्ने बढे



नुवाकोट । नुवाकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) प्रवेश गर्ने क्रममा बृद्धी भएको छ । मंगलवार दुप्चेश्वर गाउँपालिकाका काङ्ग्रेस नेता राप्रपा संयुक्त प्रवेश गरेका छन् । राप्रपा संयुक्तद्वारा आयोजित एक कार्यक्रममा नव प्रवेशीलाई पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले टिका लगाएर पार्टिमा स्वागत गरे ।

पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेस दुप्चेश्वर गाउपालिका वडा नं ७ का सक्रिय कार्यकर्ता अर्जुन थापा रहेको सो पार्टिका केन्द्रीय प्रबक्ता जनकराज पाठकले जानकारी दिए ।

सो अवसरमा अध्यक्ष लोहनीले संगठन विस्तारमा सक्रिय हुन नुवाकोटका कार्यकर्ताहरुलाई निर्देशन दिए । लोहनीले पार्टीले अंगीकार गरेका एजेण्डालाई तल्लो तहसम्म पुर्‍याउन संगठन विस्तार अनिवार्य रहेको बताए ।

गतसाता मात्र ककनी गाँउपालिका वडा नं २ नेकपाका वडा संयोजक तथा गत स्थानिय निर्वाचनमा वडा सदस्यका उमेद्वार सीताराम घिमिरेसहितका नेता कार्यकर्ता नेकपा परित्याग गरि राप्रपा संयुक्तमा प्रवेश गरेका थिए ।

यस्तै गत महिना संघिय क्षेत्र नंवर १ अन्तरगतको दुप्चेश्वर गाउँपालिकाका एक दर्जन काङ्ग्रेस कार्यकर्ता पनि राप्रपा(संयुक्त) प्रवेश गरेका थिए ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology